भारत सिक्किमका सोनाम पाल्जोर तामाङको पोल्टामा‘मेरो कविता’सिजन–१ को उपाधि

दिलिप घिमिरे · चैत १६, २०८२ ११:५५ PM
Cover Image for News

झापा १६ चैत्र /भारत सिक्किमका कवि सोनाम पाल्जोर तामाङले ‘मेरो कविता’सिजन–१ को उपाधि जित्न सफल भएका छन्।
 उनले सर्वोत्कृष्ट प्रस्तुति दिँदै नगद ३ लाख रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका हुन्। 

त्यस्तै प्रतियोगिताबाट क्रमशः सुनसरीका प्रवेग हाङसोराङ प्रथम उपविजेता बन्दै नगद १ लाख रुपैयाँ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए भने झापाका कवि टोलीप्रसाद राजवंशीले दोस्रो उपविजेता घोषित हुँदै ७५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्दा,फिदिमका कवि शेशे थाम्सुहाङ तेस्रो उपविजेता बन्दै ५० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेको जिबिएलओ(GBLO)का अध्यक्ष पातलो अन्तरेले जानकारी दिएका छन् । 

फोटो
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ग्रान्ड फिनाले सम्पन्न भएको हो।
कुलपति राईले ´काठमाडौंलाई केन्द्र मान्ने परम्परालाई `मेरो कविता : द रिदम अफ पोयट्री’ कार्यक्रमले भत्काउन सफल भएको धारणा व्यक्त गरे। 
नेपाली भाषामा कविता लेखिरहेका नवीन प्रतिभाहरूको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले माई प्लेटफर्मद्वारा निर्माण गरिएको यस रियालिटी सोको निर्देशन केवल क्षेत्रीले गरेका थिए भने पवित्रा राई सहायक निर्देशकका रूपमा रहेकी थिइन् । 

डिजिटल अडिसन मङ्सिर ९ गतेबाट सञ्चालन गरिएको थियो। अडिसनमा नेपालसहित विभिन्न मुलुकमा बसोबास गर्ने करिब २५० भन्दा बढी सहभागी नेपालीभाषी कविहरू मध्येबाट विभिन्न चरण पार गर्दै हाल ४ जना कविहरू बीच सोमबार सर्वोत्कृष्टको लागि प्रतियोगिता भएको थियोे ।
झापाको दमक–बेलडाँगी क्षेत्रमा छायाङ्कन भइरहेको प्रतियोगिताको निर्णायक मण्डलमा कविद्धय हेमन यात्री र उत्तम तुम्सा लिम्बु, चर्चित गजलकार सुमन स्मारिका तथा अज्ञात ददी रहेका थियोे। 

कार्यक्रमका लागि आयोजक जिबिएलओ (GBLO)का अध्यक्ष पातलो अन्तरे,कोषाध्यक्ष शेखर कोइराला नेपाल र बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य मनिकुमार क्षेत्रीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुमन कुरुम्बाङले गरेका थिए ।

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।