भ्रमे भ्रमका फूलहरू

Muna Prasai · मंसिर २८, २०८० ३:२८ PM
Cover Image for News

भ्रमे भ्रमका फूलहरूले पुझिन्छन् यहाँ जसले वर्षौंदेखि विकासका फूल फुलाउँछु भनेर सपना बाँड्नेहरूलाई।

फुल त फुले तर हाम्रो सेवा सुरक्षा र कल्याणको लागि कहिल्यै फुलेनन् l

पोथीले ओथारो बसेझैँ सत्तामा बसी बरु सेता फूल फुलाए गाउँ गाउँमा विश्वविद्यालयमा आफ्नै लागि आफ्ना हमसफरहरूl

अनि तिनै फूलहरू च्याँच्या र चुचुको आवाज निकाल्दै हाम्रो सामु आएर त्यही थेगो भुक्न थाल्छन् विकासको फुल फुलाउँछु भनेरl

अनि त्यो भुकाइ सही हो वा गलत हामी छुट्याउन नसकी तिनै ओहिल्याउन नसकेका फूलको पछि दगुन थाल्छौ विकासको फूल फुलाउन भनेरl

हामीले खोजेको जस्तो फुल त फुल्छ कि फुल्दैन थाहा छैन तर झोले बनेर हिँड्दा हिँड्दै हाम्रो कपाल भने फुलिसकेको हुन्छl

त्यही भएर आजभोलि यस्तो लाग्दैछ बिहान उठेदेखि बेलुका नसुतिन्जेलसम्म तिनीहरूको गुणगान गाउनुको साटो बरु भगवानको भजन किर्तन गरेको भए बाचिन्जेल सुख नपाए पनि मरेपछि चाहिँ सुख पाइन्थ्यो कि!
01:26 PM



ट्यागहरू:
सहित्य कविता कला literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६