बहर- सितारा म खस्ने
मुतकारिब मुसम्मन सालिम
तिमी छ्यौ महलमा कटेरो म बस्ने
रह्यौ जून आफैँ सितारा म खस्ने
न खान्दान मेरो न औकात मिल्छ
छ सम्बन्ध उस्तै सताएर डस्ने
न बस्यौँ खुसीले न हामी मिलेको
भएको छ चाला बिनाकाम फस्ने
छ यो सोच कस्तो रहेको न मिल्दो
बसेको न माया न पिरती छ कस्ने
न चुल्हो बलेको निभेको न भोक
कहाँ आँट मेरो महल भित्र पस्ने ।
०७ कार्तिक ,२०८१
काठमाण्डौ ।
ट्यागहरू:
सहित्य
sahitya
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४