भानुको प्रतीक्षा

खगिन्द्रा खुसी · असार ३०, २०८१ १०:५४ PM
Cover Image for News

इच्छाको बृक्ष  लटरम्म छ 
भोग बिलासका फलहरु जताततै झुन्डिरहेका छ्न 
जीवनको पाठशालाबाट तिमीले
पाएको  शिक्षा 
मानौ कुनै जङ्गली काँडो हो 
उद्याउनै नपर्ने धारिलो
हो अब त्यही धारमा रेट्नु पर्छ 
कुसंस्कारमा झुन्डिएका  ॠतुफल
उद्धार गर्नु पर्छ ती हरिया पल्लव 
जो आफ्नै रुखको डालीमा 
छोपिएका छ्न
हराएका छ्न 
अस्तित्व गुमाउँदै 

ऐसआरामले उब्जाएको  कुप्रथालाई 
संस्कारको अभिषेक गरेर 
संरक्षण गर्नु पर्छ तिमीले  सम्भावनाका बिरुवाहरू
तिम्रो उत्सर्गले 
प्रस्फुटन भएको अङ्कुर एकदिन अवस्य 
फुल्ने छ
फल्ने छ 
अनि  छर्ने छ आत्मीयताको सुगन्ध 
जस्को बास्नाले मगमगाउनु पर्छ  सारा ब्रह्माण्ड 
जसरी घामले पक्षपात गर्दैन उज्यालो छर्न 
आगोले हेर्दैन सानो ठूलो 
नदीले जान्दैन 
चिप्लिनु र हाम्फाल्नुको अभिप्राय 
उसैगरि तिमीले पनि 
कर्मयोगको वचन शिरोधार्य गर्दै 
अध्यात्मिक र आधुनिकताको महासंगमबाट 
जनकल्याणको निम्ति 
एउटा् राम खोज्नु छ 
नया युगको रामायण रच्न 
जहाँ , सीता हरिने छैनन कुनै रावणबाट 
बनवास बस्नु पर्दैन  राम 
पुत्रशोकमा मर्नु पर्दैन कुनै दशरथ 
हो यस्तो एउटा महाकाव्य लेख्न 
प्रतीक्षा छ
आउछौ नि हैन एकपटक  पुनः भानु तिमी

ट्यागहरू:
कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
एक्लो बाटोको गीत
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
म मरेको दिन…
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
मूर्तिको आँखाभित्रको देश
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
रातसँगै पलाएको सपना
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६