भीमबहादुर स्मृति प्रतिष्ठान नेपालबाट प्राडा.भीम खतिवडा र कविता राई सम्मानित

दिलिप घिमिरे · वैशाख ६, २०८३ ८:५६ AM
Cover Image for News

झापा ६ बैशाख /भीमबहादुर स्मृति प्रतिष्ठान नेपालले प्राडा.भीम खतिवडालाई सम्मान र कविता राईलाई शनिबार धरानमा पुरस्कृत गरेको छ। 

कार्यक्रममा नेपाली भाषा-साहित्यको साहित्यिक
श्रेष्ठता र उन्नयनका निम्ति अमूल्य योगदान पुर्याएबापत`भीमबहादुर स्मृति साहित्य सम्मान २०८२´बाट नेपाल सरकारका पूर्वशिक्षाध्यक्ष वरिष्ठ विद्धान् प्राडा.भीम खतिवडा,धरानलाई सम्मान गरेको हो भने `भीमबहादुर स्मृति साहित्य पुरस्कार २०८२´बाट चर्चित स्रष्टा कविता राई (भोजपुर) लाई पुरस्कार प्रदान गरेको हो।पुरस्कार राशि १५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको थियोे ।

FB_IMG_1776562332781.jpg 172.87 KB
सोही कार्यक्रममा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन 'परदेशी बिम्ब' को लोकार्पण प्रमुख अतिथि प्राडा.टङ्क न्यौपाने, अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी,प्रा.गोपाल भण्डारी,प्राडा.भीम खतिवडा,अभियन्ता नेत्र काफ्ले,कवि कविता राईलगायतले गरेका थिए।
कार्यक्रममा उपप्राध्यापक डा.सुभाष न्यौपानेले कृतिमाथि चर्चा गरेका थिए ।

वि.सं. २०७९ सालमा स्थापना भएको प्रतिष्ठानले प्रत्येक वर्ष एकजना विशिष्ट व्यक्तित्वलाई `भीमबहादुर स्मृति सम्मान´ तथा एकजना विशिष्ट व्यक्तित्वलाई `भीमबहादुर स्मृति पुरस्कार´प्रदान गर्दै आएको छ ।

२०७९ सालमा सम्मानतर्फ पद्मश्री लीलबहादुर क्षेत्री(असम,भारत) र पुरस्कारतर्फ जानु काम्बाङ (हङकङ) लाई प्रदान गरिएको थियो।२०८० सालमा सम्मानतर्फ डा.मधु माधुर्य(अमेरिका) र पुरस्कारतर्फ दीपक सुवेदी(झापा,नेपाल)सम्मानित भएका थिए।२०८१ सालमा सम्मानतर्फ सी.पी.शर्मा(सिक्किम,भारत)र पुरस्कारतर्फ डा.नारद पोखरेल (अमेरिका) सम्मानित भएको भीमबहादुर स्मृति प्रतिष्ठान नेपालका संरक्षक तथा
संस्थापक सुरेन्द्र लिम्बु परदेशीले बताए ।
फोटो
कार्यक्रममा गजलकार खेम बाबु ,मिश्रा गुरुङ,गजलकार रामुनाथ ढुङ्गेल,कवि,गजलकार तिला लेकाली,चर्चित भरत बरबरीक,छन्दकवि भवानी खतिवडा र स्कूलमा कविता-३ की विजयी सेमा लिम्बूलगायतले रचना वाचन गरेका थिए । 

होटल रत्न इन,धरानको प्रेक्षालयमा भएको कार्यक्रमा उपाध्यक्ष भीम विरही राईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव बुद्धि तेम्बे माइलाले गरेका थिए।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।