भिजन गुराँगाई कविता प्रतियोगितामा प्रथम

दिलिप घिमिरे · चैत १, २०८२ १:१८ PM
Cover Image for News

झापा १ चैत्र/सतासीधाम साहित्य संगम दूधेमा शनिबार आयोजित कविता वाचन प्रतियोगितामा भिजन गुराँगाई प्रथम भएका छन्। 

प्रतियोगितामा निर्मला प्रधान द्वितीय र देवु चापागाँई तृतीय भएका छन्। त्यस्तै सहदेव राईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। विजयी सबैलाई नगद पुरस्कार प्रदान गरिएको आयोजक सताक्षीधाम साहित्य संगमले जनाएको छ।
 नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्दै सिर्जनशील समाज निर्माण गर्ने उद्देश्यका साथ शिवसताक्षी नगरपालिकाको सहकार्यमा कविता वाचन प्रतियोगिता आयोजना गरिएको सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले बताउनु भयो ।

फोटो
प्रतियोगितामा सहभागीहरूले आफ्ना भावना,अनुभूति र सामाजिक विषयवस्तुलाई समेट्दै प्रभावकारी ढङ्गले कविता प्रस्तुत गरेका थिए।
कार्यक्रमकी प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले यस्ता कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रति रुचि जगाउने र उनीहरूलाई सिर्जनशील बन्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #पठन संस्कृति #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।