असारे गीत

खगिन्द्रा खुसी · असार ३२, २०८१ ७:५८ AM
Cover Image for News

असारै लाग्याे  हलगोरू नार्दै खेतमा  रमाउँ  

कोदाली हातमा हलो र जुवा काँधमा थमाउँ 
हेरिरहुँ लाग्ने बर्खाको  दिनमा झरी र बादल
लाएर  बेठी  रोपार  नाचुन्   बजाउँदै मादल 
 
उखेल्दा बिउ थाकेको जिउ निद्राले बोलाउँछ 
घुमछाताओढीअसारे गाँउदा प्रकृति टोलाउँछ  
पुर्याउन सके  बिउका  मुठा राेपारका हातमा 
छपक्कै फुल्दा यो  गृष्म ऋतु असार मासमा 

पालोमै लाउँला कुलाको पानी खेतमा सलल 
रोपोको गाँजले हरियो फेर्दा गाँउ बेँसी झलल 
धानका  पाँजा उठाउँदै गरौं माटोको गुणगान 
कर्ममा विश्वास गरेर दिऊँ  देशलाई  बलिदान

ऐँचो  र  पैंचो भारो  र   पर्म  पूर्खाको  चलन 
दुखेको घाउमा ओखती आफैंआफैं हो  मलम 
रोपेर मानो फलाऊँ  है मुरी अनिकाल  टर्दछ 
मङ्सिर  मैना किसानले जब भकारी  भर्दछ🇳🇵

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५