अन्तर्राष्ट्रिय साङ्गीतिक मुशायरा तथा पर्यटन प्रवर्धन कार्यक्रम-२०८२ हुने

दिलिप घिमिरे · चैत ५, २०८२ ८:०५ PM
Cover Image for News

झापा ५ चैत्र /छन्द काव्य प्रतिष्ठान नेपाल,चितवनको आयोजनामा अन्तर्राष्ट्रिय साङ्गीतिक मुशायरा तथा पर्यटन प्रवर्धन कार्यक्रम-२०८२ हुने भएको छ। 

यही चैत ७ गते शनिबार बिहान १० बजेबाट महल वाई सेरिन,पारस बसपार्क,भरतपुर,चितवनमा कार्यक्रमको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ। 
भरतपुर महानगरपालिका,चितवनका का. वा. नगरप्रमुख,चित्रसेन अधिकारी प्रमुख आतिथ्य तथा छन्द काव्य प्रतिष्ठान नेपाल,भरतपुर चितवनका अध्यक्ष लक्ष्मीकान्त पौडेलको अध्यक्षता कार्यक्रमको आयोजना गरिने छ।

कार्यक्रममा वसीम मजहर(गोरखपुर),राजेश प्रभाकर,(नयाँ दिल्ली) अनिरुद्ध सिन्हा (पटना)अगत सिंह धारिया (आगरा)गुरु ढकाल,विकास बराल,सपना रैला अर्याल
प्रवीन सन्नाटा,कमल अर्याल,चिराग भण्डारी
शीतल कादम्बिनी,रोहित पराई,शिवा त्रिपाठी
जमशेद अन्सारी,`विवश´बलिभद्र कोइराला,कपिल अञ्जान,धर्मराज स्याङतान,सूरज बज्राचार्य,विनोद थापाको कार्यक्रममा प्रस्तुति रहने कार्यक्रम संयोजक उषा तिवारीले बताइन् । 

कार्यक्रम लायन्स क्लब अफ भरतपुर चौतारीको व्यवस्थापन,गजलमञ्च चितवन लगायत चितवन, मकवानपुर र नवलपुरका साहित्यिक,सामाजिक, सरकारी एवम् व्यवसायिक सङ्घ संस्थाहरूको सहकार्य रहनेछ ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
उषा तिवारी
एक घण्टा अगाडि

समाचार प्रकाशनका यहाँ लगायत पत्रिका प्रकाशन टिम प्रति हार्दिक आभार 🙏

उषा तिवारी
एक घण्टा अगाडि

समाचार प्रकाशनका लागि हार्दिक आभार 🙏