अङ्गुरबाबा जोशी महाकाव्य'को लोकार्पण सम्पन्न
झापा २१ माघ/देवघाटमा'अङ्गुरबाबा जोशी महाकाव्य' को आइतबार लोकार्पण सम्पन्न गरिएको छ।
कार्यक्रम गार्गी कन्या गुरुकुल प्रतिष्ठानका अध्यक्ष शान्तप्रसाद पोखरेलको सभापतित्व साथै भरतपुर महानगरका प्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
श्रीस्वस्थानी पूर्णिमाका दिन गार्गी कन्या गुरुकुलको सभाकक्षमा गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरि र महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको कृपापूर्ण समुपस्थिति थियो । प्रशासकीय अधिकृत वीरेन्द्र भारतीको विशिष्ट आतिथ्य, गुरुकुलका संस्थापक एवम् प्रमुख संरक्षक दानवीर आमा भगवती उपाध्याय,संरक्षक प्रा. डा.गुरुप्रसाद सुवेदी,संरक्षक भगवती काफ्ले, विशिष्ट गण्य मान्य समाजसेवी महानुभाव,कवि साहित्यकार र गुरुकुलका आजीवन सदस्यहरूको समुपस्थिति थियो।
उहाँको सशक्त व्यक्तित्वलाई प्रकाशित गर्ने उद्देश्यले संस्थाका कोषाध्यक्ष निर्मला पोखरेलको प्रेरणाले प्रसिद्ध कवि हीरालाल कडेंलद्वारा रचित यस महाकाव्यको उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले समीक्षा गर्नुभएको थियो ।
गुरुकुलका कन्याहरूको वैदिक मङ्गलाचरणबाट शुरु भएको कार्यक्रममा प्राचार्य गोदा सुवेदीद्वारा स्वागत मन्तव्य प्रस्तुत भएको थियो भने गुरुकुलका कन्याहरूले राष्ट्रभक्तिपरक गीत, संस्कृतमा भाषण र आफ्ना कविता समेत प्रस्तुत गर्नुभएको थियो।