आमाको मुख हेर्ने दिन कवि अनन्त र सरस्वतीको कविता वाचन

दिलिप घिमिरे · वैशाख ५, २०८३ ११:२९ AM
Cover Image for News

झापा ५ बैशाख /आमाको मुख हेर्ने औंसीको दिन कवि अनन्त अधिकारी र सरस्वती चिमौरियाले आफ्ना दश दश वटा कविता वाचन गरेका छन्।

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा ठमेलमा भएको कविता वाचन कार्यक्रममा डा.अनन्त अधिकारीले नयाँ वर्ष,भन बकरा,गनगने लोग्नेको श्रीपेच,काठमाडौँ र काठमाडौंहरू, सर्वाइवल नोट,पाउजु नामको स्वतन्त्रता हुँदैन, बासङ्ग आग्रह,डोर प्रसादको डेरा,उप्रान्त मेरो भगवान लगायतका कविताहरू सुनाए ।

यसैगरी कवि चिमौरियाले आमा,वर्तमानको सारथी म, देश त संघीयतातिर जाँदैछ नि,आउ एउटा पार्टी खोलौं, ओ मेरो छोराकी प्रेमिका,आफन्तले,मैले दिन सकिन, दुखियाको जिन्दगी,म छायाँ खोजिरहेछु सुनाइन्  ।
प्रमख अतिथि साहित्यकार उषा शेरचनले कविहरूलाई सम्मानपत्र प्रदान गर्दै कविताले मन छोएको बताइन्  ।

फोटो
यस अघि नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले धेरै अघिदेखि कवितामा सुनिएकी कवि चिमौरियाका वाचित कविताहरू सुन्दर रहेको बताए । उनले भने,`नयाँ वर्ष र आमालार्य भावनात्मक रुपले प्रस्तुत गरेर युगबोध हुने खालका अन्य कविताहरू साँच्चै सुन्दर छन् ।´
अर्का कवि डा. अधिकारीका कविताप्रति टिप्पणी गर्दै रोदनले भने, कविताहरू सकारात्मक आयाममा आएका छन् । मान्छेका मन छामेर उपचार गर्नुपर्ने चिकित्सकले कवितामा समग्र मानवीयता पोखेको बताए । 

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण महासचिव प्रदीप सापकोटाले गरेका थिए।कार्यक्रममा उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राखेका थिए  । 
कार्यक्रममा चर्चित कवि,साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।