आमा म अब लायक भएँछु सास बन्न

प्रदीप रोदन पोष्ट - खगिन्द्रा खुसी · साउन २६, २०८१ १२:४० PM
Cover Image for News

सजिलो छैन सधैँको लागि खास बन्न।
बिग्रह नहुने कुरा सक्दैन समास बन्न।

टुकीहरूले पनि जलाउँला झैँ गर्न थाले,
मेरो इज्जतले दिँदैन अझै बतास बन्न।

कोही लिँदैछन् कोही फाल्दैछन् मलाई,
आमा म अब लायक भएछु सास बन्न।

पहिले झैँ हुन कहाँ सक्छ र जिन्दगी,
जलेको बाती कहाँ सक्छ कपास बन्न।

तिम्रो आँखाको आँसु पक्कै सुकाउनेछु,
धैर्य गर समय लाग्छ मलाई निकास बन्न।

प्रदीप रोदन
   गोरखा

ट्यागहरू:
गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गजल - श्रेष्ठ प्रिया पत्थर
गजल - श्रेष्ठ प्रिया पत्थर
श्रेष्ठ प्रिया पत्थर - मङ्गलबार १३ अक्टोबर २०२६
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४