कृष्ण काश्यपको गजल

कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे · पौष ४, २०८१ ६:३७ PM
Cover Image for News


कति गल्ती भूलमा हुन्छ कति जानाजान हुन्छ
याद गर्नु पिरतीमा हार्नेको नै सम्मान हुन्छ

देवता पनि मै जस्तो नै डराएर होला सायद
नत्र किन डरलाग्दो ठाउँमा देवीथान हुन्छ

बाँच्ने आशको मैदानमा पराजय हुँदा पनि
त्यो मान्छे महान् हुन्छ जसको ओठमा मुस्कान हुन्छ

खुसी नै छु सुखी नै छु तरपनि कहिलेकाहीँ
यो जिन्दगी धेरै भयो भन्ने मलाई भान हुन्छ ।


                          (सराब गजल सङ्ग्रहबाट)

ट्यागहरू:
साहित्य #गजल#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गजल - श्रेष्ठ प्रिया पत्थर
गजल - श्रेष्ठ प्रिया पत्थर
श्रेष्ठ प्रिया पत्थर - मङ्गलबार १३ अक्टोबर २०२६
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
सुधिर थापाको गजल
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४