गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान

कविता पौडेल शर्मा पोष्ट-दिलिप घिमिरे · भदौ ७, २०८१ ९:२२ PM
Cover Image for News

गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
                                   -कविता पौडेल शर्मा 
  देशको लागि हजारौँ सहिद भएका छन्।भारतको इतिहासको पन्ना पल्टाउँदा लाखौँ वीरगाथा पाइन्छ्न् जो न मेटिन्छ्न् न हराउछ्न्। त्यस मध्यै भारतको स्वतन्त्रताको लागि हाँसी-हाँसी फाँंसिमा चड्ने मेजर दुर्गा मल्ल एक हुन् ।

 उनको जन्म1जुलाइ 1913डोइराम डेरादुनमा भएको  हो ।उनी पार्वती मल्ल र गंगाराम मल्लको पुत्र हुन् ।यहि बालकपछि गएर परिवार,जाती अनि देशलाई गौरवान्वित गर्ने वीर शहिद मेजर दुर्गा मल्ल नामले अमर बनिन्छ्न्।

 दुर्गा मल्लको शिक्षा गोर्खा मिलिटरी स्कुलमा भएको हो बाल्यकालदेखि नै अत्यन्त बुद्धिमानी उनी कक्षा ९ मा हुँदा देशमा स्वतन्त्रता संग्रामको आँधी सर्वव्यापी भइ फैलिएको थियो ।हरेक भारतीयहरू जुन लहरमा कुदिरहेका थिए ।

 त्यो बेलाको देरादुनका देशभक्त ठाकुर चन्दन सिंह,पण्डित ईश्वरानन्द गोर्खा,अमर सिहं थापा,खड्गबहादुर आदिबाट प्रभावित भएर उनी पनि यो संग्राममा हाम्फाले स्वतन्त्रता संग्राममा संग्लग्न भएकोमा प्रशासनले उनीमाथि कारबाही पनि गरेको  थियो र परिवारले उनको सुरक्षाको लागि हिमाचल प्रदेश पठाएका थिए  ।

 त्यँहादेखि फेरि उनको जिन्दगीमा अर्को अध्याय सुरु भयो। दोस्रो  विश्व युद्धको लागि सैनिक भर्ती प्रक्रिया चयनमा थियो।यसै क्रममा दुर्गा मल्ल टु फर्स गोर्खा राइफलमा भर्ती भए ।उच्च कोटीको कर्तव्य परायन भएकोले उनको छिटोभन्दा छिटो प्रमोसन हुँदै गयो र उनी सिनियर हवलदार बने ।

उनको विवाह धरमसाला कि कुमारी शारदासँग भयो  तर विवाहको तीन दिनपछि नै पल्टनबाट पत्र आएकाले उनी युद्धको लागि निस्कनु पर्ने भयो। उनकी नव विवाहित श्रीमतीले हजुरको जान जरुरी छ भन्दा उनी यसो भन्छ्न् `शारदा तिमी वीर गोर्खा कि धर्मपत्नी हौ। एक सैनिक हुनुको कारण देश मेरो कर्म भूमि र रणभूमि मेरो धर्मभूमि हो आँसु पुछ मलाई खुशी मनले बिदा गर।´

  उनी शारदाको आँखाबाट ओझेल भए।शारदा हेरि रहन्छिन् दुर्गा मल्ललाई नदेखिञ्जेल।
 1939मा जब दोस्रो  विश्व युद्ध  पश्चिममा अफ्रिकी र युरोप  अनि पूर्वमा कोरिया मलाया र बर्माको बीच महासङ्ग्राम सुरु भयो । पुलिस सेनामाथि जापानी सेना खनिन थाले ।

 बृटिसको दास भएर लड्नु भन्दा त आफ्नो देशलाई स्वतन्त्र  बनाउन मरि मेट्न थाल्ने जोस उम्रियो मल्ल र उनका केहि साथीहरूमा।त्यतिबेला सुदुर पश्चिमबाट एक देशभक्तको हुँकार गुन्जियो।`तिमी मलाई रगत देऊ म तिमीलाई स्वाधिनता दिन्छु!´त्यो आवाज थियो नेताजी सुभाष चन्द्र बोसको । दुर्गा मल्लाको बालापनमा रोपिएको  देशभक्ति पुनः जाग्यो ।जापानले नेताजीलाई पूर्ण समर्थनको आश्वासन दिएको थियो ।

 त्यतिबेलै आजाद हिन्द फौजको गठन भयो । दुर्गा मल्ल आजाद हिन्द फौजको सदस्य बने ।उनको कर्तव्यनिष्ठा र इमानदारी देखेर प्रभावित भएर  नेताजीले  दुर्गा मल्ललाई मेजर सम्मानले सम्मानित गरे र गुप्तचर विभागको प्रमुखको जिम्मेवारी  सुम्पे।यसरी मल्लले हरेक महत्त्वपूर्ण सूचना जापानीज फौज  र आजाद हिन्द फौजलाई दिन थाले यसरी जापानी सेना भारतको उत्तर पूर्वी सिमामा प्रवेश गरे ।यहाँ कोहिमा उख्रुल क्षेत्रमा एउटा अपेरेसनको माध्यममा बृटिस फौजले दुर्गा मल्ललाई बन्दी बनाए। 27मार्च 1944 मा दुर्गा मल्ललाई युद्ध बन्दी बनाएर दिल्लीको लाल किल्लामा ल्याए र उनीमाथि फौजी अदालत र मिलिटेरी कोर्टमा देश द्रोहीको अभियोगमा मुद्दा हालियो र दुर्गा मल्लालाई फाँसी हुकुम भयो।त्यो समय देशमा स्वतन्त्रता संग्रामको आगो दनदनी बलेको थियो ।हरेक भारतीयहरू आफ्नो ज्यानको बाजी  लगाएर युद्धमा ओर्लिएका थिए ।परिस्थिति सजिलो थिएन बृटिसहरू साम दाम दण्ड भेटको प्रयोगद्वारा युद्ध बन्दिहरुलाई आफ्नो गल्ती कबुलाएर आफ्नो पक्षमा मिलाउने प्रयास गरिरहेका थिए।

मेजर दुर्गा मल्लको विरुद्ध बृटिसको सबै प्रयासहरु असफल भएपछि उनीहरूले पत्नी शारदा मल्ललाई लिएर आए तर दुर्गा मल्ल बहादुर भएकाले आफ्नी पत्नीलाई उल्टै सम्झाए।` म मेरो जीवन मातृभूमिको निम्ति त्याग गर्दैछु तिमी रत्तिभर दुखी नहुनु म शहिद भएपछि करोडौं भारतीय तिम्रो साथमा हुन्छ्न् मलाई पूर्ण विश्वास छ मेरो बलिदान व्यर्थ जाँदैन, भारत छिट्टै स्वतन्त्र हुन्छ।´ 

 25अगस्त 1944मा दुर्गा मल्लले फाँसी चडेर देशको निम्ति बलिदान दिए र त्यही 25 अगस्टको दिन हामी बलिदान दिवस मनाउँछौँ। साचै उहाँको बलिदान व्यर्थ भएन सन १९४७को १५अगस्टमा हाम्रो देशले स्वतन्त्रता पाएको हो ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आज नाट्य सम्राट बालकृष्ण समको जन्म जयन्ती
आज नाट्य सम्राट बालकृष्ण समको जन्म जयन्ती
खगिन्द्रा खुसी - शनिबार ७ फेब्रुवरी २०२६
आज धरणीधर क‍ोइरालाको जन्म जयन्ती
आज धरणीधर क‍ोइरालाको जन्म जयन्ती
खगिन्द्रा खुसी - शनिबार ७ फेब्रुवरी २०२६
महागुरु फाल्गुनन्द जयन्ती
महागुरु फाल्गुनन्द जयन्ती
दिलिप घिमिरे - मङ्गलबार ११ नोभेम्बर २०२५