आइमाई

लिला अनमोल पोष्ट-दिलिप घिमिरे · भदौ १६, २०८१ ९:०५ PM
Cover Image for News

आइमाई
                  – लिला अनमोल
ओ महासय !
म एउटा इतिहास सुनाउन आएकी छु
आमा अर्थात् आइमाईहरुको‚
खोल तिम्रा कानहरु 
अर्जापेर आउ खिया लागेको तिम्रो मस्तिष्क 
र स्वीकार गर मेरो अस्तित्व 
तिम्रो संस्कारका नाममा
मेरी कुप्रि आमाले श्वासको बलिदानी दिएर
जिउँदो शरीर पोलेको कथाले मर्मस्पर्शी 
नबनाउँला तिमीलाई
पतिसँगै सती जान तयार
 मेरा आमाहरुकी जाती हुँ म
त्यो हिम्मतको पराकाष्ठा चेतना भया
आमाहरु डराउँदैनन्‌‚ 
आगोसँग झुक्दैनन् 
आँधी‚ हुरी र चट्टानसँग
उर्लेर आएको खहरेसँग भाग्दैनन् आमाहरु
आफूलाई जिउँदै चितामा होम्नेहरुको कथासँग
दाँजेर हेर एकपटक आफूलाई तिमीले इज्जतका नाममा 
म अर्थात आइमाईहरुलाई बेरिदिएको कुसंस्कारको डोरी
चुँडालेर आएकी छु ‚
खुल्ला मैदानमा
आऊ स्वाभिमानको प्रतिस्पर्धा गरौँ
बनाऔँ हिम्मत र साहसका योजनाहरु
मलाई कमजोर नठान
तिम्रै संस्कारले पुजिएकी देवकी स्वरुप हुँ
परिवर्तनको सङ्खघोष गर्दै
जिउँदै नदीमा हाम्फाल्न सक्ने
 योगमायाकी जाति हुँ
मेरो शालीन प्रस्तुतिलाई कमजोर नठान
म बिद्रोहको मुड्की बजारेर मैदानमा
तिमीसँग प्रतिष्पर्धा गर्ने ल्याकत राख्न सक्छु ।  
                               - झापा

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
कमल कार्की
२ बर्ष अगाडि

कडा !! नारीवादी सिर्जना 💐💐

सम्बन्धित पोस्टहरू
भरोसा त मलाई
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६
तिमीभित्रको उज्यालो
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
छोरीको पहिलो उडान
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६