युद्ध: मन र मुटुको

खगिन्द्रा खुसी · साउन ३१, २०८१ १०:५१ PM
Cover Image for News

एकताका लागि,
प्रेमका लागि,
साथका लागि,
विश्वभरबाट दिइने एउटै 
साझा उदाहरण छ भने
त्यो – मन र मुटुको सम्बन्धको हो 
तर आज यस्तो कुरोको साक्षी हुनुपरेको छ
जसलाई सावित गर्न 
हजारौँ तथ्य पेश गर्दा पनि अविश्वास गर्नेछ दुनियाँले
कसले गर्छ र विश्वास ?
मन र मुटुको युद्ध हुन्छ भनेर ।
मन,
शिरमा चोटलाग्दा प्रेमले सुम्सुम्याउन पुग्छ,
मन,
पाउमा ठेस लाग्दा सहानुभूति राख्छ
त्यही मनले 
आफैँसँग भएको
मुटुलाई दुखाउन पाउँदा
रमाउँछ भन्ने पुष्टि गर्न कस्तो प्रमाण चाहिएला ?
मन अराजक छ
मुटु निरीह छ 
मन फाइदा लुट्छ मुटुको निरीहताको 
खासमा मल्हम बन्नु पर्नेथियो मन
मुटुको दुखाईहरुमा
तर उल्टो गर्छ मन
र पटक पटक कोर्रा मार्छ
घातहरुको,
चोटहरुको,
पटक पटक वैमानी गर्छ
र रमाउँछ रुवाएर मनलाई
वेवास्ता गर्छ मुटुका दुखाईहरुको
प्रतिकारमा धड्किन्छ मुटु
उसको धड्कन स्वीकार
धड्कन नै प्रतिकार
सायद गति नापेर धड्कनको
पीडा बुझोस् भन्छ मुटु
तर वहिरो भइदिन्छ मन र
वेपर्वाह दैडिरहन्छ आफ्नै मनोमानीमा 
बरू भैदिएको भए मुटु शिरमा 
र म पाउमा
उसले लगाएका कोर्राहरु खप्न सकिन्थे होला
तर एउटै छातीभित्र रहेको
एकै अङ्ग जस्तो लाग्नेले
दिएको चोट खप्न कठिन पर्ने रहेछ 
जति भए पनि चोटहरु
महसुस गर्दैनन् हातहरुले, खुट्टाहरुले
र शरीरका अन्य अङ्गहरुले,
यो दुनियाँ त बाहिर छ 
दुनियाँ बुझ्दैन भित्री कुरो,
दुनियाँ खोज्दैन सत्य कुरो,
दुनियाँ शंकै गर्दैन मन र मुटुको एकतामा
किनकि मुटु
कहिल्यै उजुरी गर्दैन
चोट पाएँ भनेर
घात भयो
न्याय पाऊँ भन्दैन मष्तिस्कसँग
गुहार माग्दैन,
दुनियाँसँग,
जो जो हुन्छ,
सहिरहन्छ भोगिरहन्छ,
दुनियाँले नपत्याउनु एउटा कुरो,
तर मसँग आफ्नै मनले मुटुलाई दुखाएको,
सत्य इतिहास छ ।


 

ट्यागहरू:
सहित्य कविता literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
चिठ्ठीहरू
चिठ्ठीहरू
अबिर खालिङ पोष्ट- दिलिप घिमिरे - बुधबार १८ सेप्टेम्बर २०२४
म मरेको दिन
म मरेको दिन
चन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
सोह्र श्राद्ध
सोह्र श्राद्ध
राजेन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
यात्रारत छौं हामी
यात्रारत छौं हामी
पुण्य खरेल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ सेप्टेम्बर २०२४