मुन्धुम संस्कृतिविद् बैरागी काइँला सम्मानित

दिलिप घिमिरे · मंसिर १२, २०८२ ७:५२ AM
Cover Image for News

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँद्वारा  मुन्धुम संस्कृतिविद्, याक्थुङ–लिम्बू भाषा र बौद्धिक इतिहासका धरोहर मानिने तिलविक्रम नेम्वाङ ‘बैरागी काइँला’ लाई सम्मानित गरिएको छ । 

मंगलबार आयोजित एक कार्यक्रमकाबीच आबाला बह्म चारी षडानन्दको १५१ जयन्ती एवम् १८ औँ वार्षिकोत्सव तथा षडानन्द पुरस्कार अर्पण समारोहमा षडानन्द राष्ट्रिय पुरस्कार रु एक लाख, दोसल्ला र सम्मानपत्रबाट काइँलालाई सम्मानित गरिएको हो । 

यसैगरी षडानन्द क्षेत्रीय पुरस्कारबाट नेवारी संस्कृति, भाषा तथा बाड्मयका अध्येता सहप्राध्यापक काशीनाथ तमोटलाई रु ५१ हजार, दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
 योग तथा तन्त्रविद् प्रा विद्यानाथ उपाध्याय भट्टले बैरागी काइँला र काशीनाथ तमोटलाई सम्मानपत्र प्रदान गरे । 
 साहित्य, संस्कृति तथा मुन्धुम दर्शनमा काइलाले पुर्‍याएको योगदान अद्वितीय रहेको भट्टको भनाइ छ ।
भट्टले नेवारी ऐतिहासिक भाषिक संरचना, लिपि तथा संस्कृतिमा तमोटको योगदान उच्च रहेको बताए । 
काइँला विगत पाँच दशकदेखि लिम्बू भाषा, मुन्धुम अध्ययन, मौलिक लोककथा, गीत, मिथक, संस्कार–संस्कृति तथा समुदायको मौखिक इतिहास सङ्कलन–संरक्षणमा सक्रिय रहँदै आएका छन् । 
            प्रतिष्ठानका अध्यक्ष प्रा चेतोनाथ गौतमले संस्थाले भाषिक, साहित्यिक तथा सांस्कृतिक योगदानकर्तालाई बर्सेनि सम्मानित गर्दै आएको उल्लेख गरे। 
उक्त समारोहमा साहित्यिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय विद्वान्, अनुसन्धानकर्ता, लेखक, विद्यार्थी तथा सामाजिक अगुवाहरूको उल्लेख्य सहभागिता थियो ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।