झापामा उर्जाशील साहित्य कला प्रतिष्ठान गठन

दिलिप घिमिरे · मंसिर १२, २०८२ १०:०० PM
Cover Image for News

 ११मङ्सिर /आज चारपाने-१ ,झापामा उर्जाशील साहित्य कला प्रतिष्ठान गठन गरिएको छ।

 अन्य साहित्यिक संघ- संस्थाहरुभन्दा पृथक र सबैले अपनत्वको अनुभूति गर्न सक्ने वातावरणको सिर्जना गर्ने उद्देश्य राखेर बिहीबार नयाँ साहित्यिक संस्था गठन गरिएको हो।
 झापाको बिर्तामोड,अर्जुनधारा,मेचीनगर र भद्रपुरका केही साहित्यकारहरुको बिर्तामोड- चारपाने स्थित साहित्यकार डी पी शर्माको निवासमा भएको एक भेलाले उर्जाशील साहित्य कला प्रतिष्ठान चारपाने-१ ,झापा नामक साहित्यिक संस्थाको गठन गरेको हो।

 ११ सदस्यीय नव गठित संस्थाको तदर्थ समिति अध्यक्षमा डी पी शर्मा, उपाध्यक्षमा भगवती ढुङ्गेल,सचिवमा देवीचरण भण्डारी,सह-सचिवमा डिल्लीराम परदेशी र कोषाध्यक्षमा कल्पना ओली सिटौला रहनु भएको छ। यसैगरी सदस्ययहरुमा मातृकाप्रसाद सङ्ग्रौला, कृष्णप्रसाद मिश्र, माधवप्रसाद सिटौला, पिताम्बर नेपाल र आशिष सङ्ग्रौला रहनु भएको छ । 

यसैगरी  आजकै भेलाले सात सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ।सल्लाहकार समितिको संयोजकमा रामप्रसाद सिटौला,सदस्यहरुमा विमल गिरी र कृष्ण सुवेदी' निराकार' रहेका छन्। 
तदर्थ समितिको १ जना सदस्य र सल्लाहकार समितिको ४ जना सदस्यहरुको मनोनयन पहिलो बैठकमा गरिने संस्थाका सचिव देवीचरण भण्डारीले जानकारी दिए। 

संस्थालाई एकवर्षभित्र सम्बन्धित निकायमा दर्ता गर्नका लागि अध्यक्ष डी पी शर्मा, उपाध्यक्ष भगवती ढुङ्गेल र सचिव देवीचरण भण्डारी रहेको तीन सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ। 
 संस्थाले प्रत्येक दुईमहिनामा साहित्यिक कार्यक्रम गर्ने र संस्था स्थापना भएको दिनलाई अवसर पारेर प्रत्येक वर्ष स्रष्टा सम्मान गर्ने र यसका लागि स्रष्टा सम्मान कोषको स्थापना गर्ने निर्णय समेत भएको नव गठित संस्थाका अध्यक्ष डि पि शर्माले बताए । 

त्यसो त झापामा साहित्यिक संघ- संस्थाहरु प्रशस्तै खोलिएका छन् ।दिनहुँजसो साहित्यिक कार्यक्रमहरु हुने गर्छन् ।संस्था जन्माउनु ठूलो कुरो होइन तर त्यो संस्थालाई स्थायित्व दिएर गतिशील बनाउन सक्नु  पर्छ।नव गठित संस्था र यस संस्थामा आवद्ध सम्पूर्ण साहित्यकारहरुलाई संस्था निरन्तरता र सफल कार्यकालको शुभकामना ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।