म तिम्रो बागी हुँ !

देशु वनेम · कार्तिक २५, २०८२ २:३६ PM
Cover Image for News

कविता 

म तिम्रो बागी हुँ 

               - देशु वनेम
 मलाई फाँसी दिएर मार
 किनकि म तिम्रो बागी हुँ,
 गोलीको पर्सले उडाए हुन्छ, मलाई
 किनकि म तिम्रो राष्ट्रघाती हुँ,
 यसर्थ कि
 मैले तिम्रो राष्ट्रको परिभाषालाई
 आँखा चिम्लेर स्वीकार्न सकिन ।
 मैले मेरो मुटु मागें,
 तिमीले मेरो मन नै हयौ,
 सानो आकाश मागें,
 साँघुरो पाइतला मागें,
 एक थोपा पानी मागें,
 थोरै आगो मार्गे,
 एक त्यान्द्रो धागो मागें,
 अनि एक टुक्रा सपना मागें,
 तर तिमीले त मेरो आवाज खोस्यौ,
 मबाट मेरो 'म' नै लुट्यौ ।
 तसर्थ,
 मलाई विषालु संगीनले घोच,
 बमबारुदले उडाऊ,
 किनकि म तिम्रो शासनमार्गको
 छेकिरहने दुर्लङ्घ्य परखाल हुँ,
 मलाई तड्पाई-तड्पाई मार,
 मेरो रगतको होली खेल
 किनकि मेरो रगत मेरै हो,
 तिमीले पिउने दामी रक्सी हुन सक्तैन ।
                                              झापा 

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रातसँगै पलाएको सपना
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६