म तिम्रो बागी हुँ !

देशु वनेम · कार्तिक २५, २०८२ २:३६ PM
Cover Image for News

कविता 

म तिम्रो बागी हुँ 

               - देशु वनेम
 मलाई फाँसी दिएर मार
 किनकि म तिम्रो बागी हुँ,
 गोलीको पर्सले उडाए हुन्छ, मलाई
 किनकि म तिम्रो राष्ट्रघाती हुँ,
 यसर्थ कि
 मैले तिम्रो राष्ट्रको परिभाषालाई
 आँखा चिम्लेर स्वीकार्न सकिन ।
 मैले मेरो मुटु मागें,
 तिमीले मेरो मन नै हयौ,
 सानो आकाश मागें,
 साँघुरो पाइतला मागें,
 एक थोपा पानी मागें,
 थोरै आगो मार्गे,
 एक त्यान्द्रो धागो मागें,
 अनि एक टुक्रा सपना मागें,
 तर तिमीले त मेरो आवाज खोस्यौ,
 मबाट मेरो 'म' नै लुट्यौ ।
 तसर्थ,
 मलाई विषालु संगीनले घोच,
 बमबारुदले उडाऊ,
 किनकि म तिम्रो शासनमार्गको
 छेकिरहने दुर्लङ्घ्य परखाल हुँ,
 मलाई तड्पाई-तड्पाई मार,
 मेरो रगतको होली खेल
 किनकि मेरो रगत मेरै हो,
 तिमीले पिउने दामी रक्सी हुन सक्तैन ।
                                              झापा 

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
याे दशैंमा
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६
चित्रभित्र हराएको घर
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६