गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी

खगिन्द्रा खुसी · मंसिर १२, २०८२ ८:२८ AM
Cover Image for News

प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्यमा’मा आधारित रहेर तयार भएको नाटकको आइतबार साँझ चितवन नारायणगढको नारायणी कलामन्दिरमा विशेष प्रदर्शन भयो ।  सोमबारदेखि तीन दिनसम्म यो नाटक  दर्शकहरुले टिकट काटेर हेर्न पाउने व्यवस्था मिलाइएको थियो । मावि तहको पाठ्यक्रममा समावेश ‘कर्तव्य’ विद्यार्थीलाई धेरैभन्दा धेरै देखाउने योजना आयोजकहरुको छ । पुर्ख्यौली अंशका विषयमा दाइभाइबीच बढेको मनमुटाव अदालतसम्म पुग्छ । मुद्दा हारेका दाइले यस्ता पारिवारिक बेमेलका विषयलाई बिर्सेर परिआउँदा आफ्नो कर्तव्य कसरी पूरा गर्दछन् भन्ने कथासार गुरुप्रसाद मैनालीको कथामा देखाइएको छ । त्यसलाई नाट्य रुपान्तरण गर्दा निर्देशकले सुदूरपश्चिमको संस्कृति र भाषालाई पनि मिसाएका थिए  । त्यसैले कथाभन्दा नाटकमा फरक सामाजिक परिवेश समावेश छ । काठमाडौंको ओजस थिएटरले प्रस्तुत गरेको ‘कर्तव्य’ को निर्देशक पुष्पराज अवस्थी हुन् । नारायणगढमा नारायणी कलामन्दिरसँग सहकार्य गरेर चितवनको तरङ्ग नाट्य समूहले नाटक प्रदर्शनी आयोजना गरेको हो । 

ट्यागहरू:
literature samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।