प्रिय जेन्जी र आक्रोश!

अन्जना न्यौपाने · कार्तिक २५, २०८२ ९:१२ PM
Cover Image for News

हजारौँ इच्छा 
र चाहनाका 
विशाल ठेलीभित्र 
तिम्रो मौनता 
धेरै बेर खपेर बस्न सकेन
पापको घडा भरिएपछि
अतिबाट चार भएपछि 
मनभित्र दन्दन दन्किएको 
अन्यायका विरुध्दको राँको 
आखिर सल्किएरै खस्यो 
जल्यो 
र जलायो यत्रतत्र 
सर्वत्र
प्रिय जेन्जी! 
तिम्रो आँखाभित्रको 
मौनता 
जब च्यातियो 
र शब्दहरू विस्फोट भएर 
पोखिए जतातता
तिमी विद्रोही 
पटक्कै होइनौ 
कारण हौ
तिमी केवल 
शब्द होइनौ 
अनुभव हौ
तिमी गन्तव्य मात्र होइनौ 
मार्गदर्शक हौ 
तिमीले 
गीत गाउँदा 
कुनाकन्दरा 
र गाउँ नाँच्छ
तिमीले 
पाइला अघि बढाउँदा 
तिम्रो पछि 
लाखौँको भीड लाग्छ
तिमीले 
रोजेको बाटोले 
इतिहास उल्ट्याउँछ 
र प्रश्न गर्छ भष्टाचारी 
र राष्ट्र रित्याउनेलाई
हजारौँ आमाका कोख 
शून्य बनाउने नरपिशाचलाई 
सहिदका सपनाले 
कैयौँ पटक लाजले 
घुम्टो छोपेको देख्ने 
साक्षी यही समय छ
प्रिय जेन्जी! 
तिम्रो विद्रोहले 
साहसको लय समातोस्
रित्तिएका कोखले 
न्यायको अनुभूति गरोस्
जनताका रगत 
र पसिनाले सिँञ्चिएको 
भूमिले आनन्द 
र शान्ति 
अमनचयन तय गरोस्
किनकि
तिम्रो विद्रोह 
सुनौलो भविस्यको 
घोषणा हो
प्रिय जेन्जी र आक्रोश!!


ट्यागहरू:
सहित्य रूबाइ literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रातसँगै पलाएको सपना
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६