प्रिय जेन्जी र आक्रोश!

अन्जना न्यौपाने · कार्तिक २५, २०८२ ९:१२ PM
Cover Image for News

हजारौँ इच्छा 
र चाहनाका 
विशाल ठेलीभित्र 
तिम्रो मौनता 
धेरै बेर खपेर बस्न सकेन
पापको घडा भरिएपछि
अतिबाट चार भएपछि 
मनभित्र दन्दन दन्किएको 
अन्यायका विरुध्दको राँको 
आखिर सल्किएरै खस्यो 
जल्यो 
र जलायो यत्रतत्र 
सर्वत्र
प्रिय जेन्जी! 
तिम्रो आँखाभित्रको 
मौनता 
जब च्यातियो 
र शब्दहरू विस्फोट भएर 
पोखिए जतातता
तिमी विद्रोही 
पटक्कै होइनौ 
कारण हौ
तिमी केवल 
शब्द होइनौ 
अनुभव हौ
तिमी गन्तव्य मात्र होइनौ 
मार्गदर्शक हौ 
तिमीले 
गीत गाउँदा 
कुनाकन्दरा 
र गाउँ नाँच्छ
तिमीले 
पाइला अघि बढाउँदा 
तिम्रो पछि 
लाखौँको भीड लाग्छ
तिमीले 
रोजेको बाटोले 
इतिहास उल्ट्याउँछ 
र प्रश्न गर्छ भष्टाचारी 
र राष्ट्र रित्याउनेलाई
हजारौँ आमाका कोख 
शून्य बनाउने नरपिशाचलाई 
सहिदका सपनाले 
कैयौँ पटक लाजले 
घुम्टो छोपेको देख्ने 
साक्षी यही समय छ
प्रिय जेन्जी! 
तिम्रो विद्रोहले 
साहसको लय समातोस्
रित्तिएका कोखले 
न्यायको अनुभूति गरोस्
जनताका रगत 
र पसिनाले सिँञ्चिएको 
भूमिले आनन्द 
र शान्ति 
अमनचयन तय गरोस्
किनकि
तिम्रो विद्रोह 
सुनौलो भविस्यको 
घोषणा हो
प्रिय जेन्जी र आक्रोश!!


ट्यागहरू:
सहित्य रूबाइ literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५
आमा जलायौ किन ?
आमा जलायौ किन ?
विन्दु दाहाल `मुकदर्शक´ - सोमबार ३ नोभेम्बर २०२५