वियोगी पुरस्कारबाट डा. जगत नेपाल सहित पाँच जना सम्मानित हुने
झाापा, पौष ३० गते । यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२ डा. जगत नेपाललाई प्रदान गर्ने भएको छ । सम्पादक समाज नेपालकोआइतबार बसेको बैठकले सो पुरस्कार रत्नराज्यलक्ष्मी क्याम्पसका पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो । पच्चीस हजार एक रुपियाँ राशि रहेको छ सो पुरस्कार सम्पादक समाज नेपालको संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना भएको हो । वातावरण संरक्षण एवं जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा कलम चलाउँदै आउनुभएका गोरखापत्र दैनिकका पत्रकार चाँदनी हमाल र नेपाल भाषाका माध्यमबाट पत्रकारिता क्षेत्रमा योगदान पु-याउँदै आउनुभएका ‘शुव्रmवाःया तँसापौ साप्ताहिक’ का स्तम्भकार तथा गोरखापत्र बहुभाषा पृष्ठ ‘नयाँ नेपाल’को नेपाल भाषा पृष्ठका सहसंयोजक राजेन्द्र मानन्धरलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार राशि जनही १५ हजार एक रुपियाँ राशि रहेको छ ।
समाजले यस वर्षका लागि वरिष्ठ पत्रकार शरच्चन्द्र वस्ती र सुदर्शन आचार्यलाई सम्पादक समाज नेपाल सम्मानबाट सम्मानित गर्ने निर्णय पनि गरेको छ । उक्त पुरस्कार आगामी माघ ३ गते शनिबार, संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा एक कार्यव्रmमबिच प्रदान गरिने सम्पादक समाज नेपालको विज्ञप्तिमा उल्लेख छ ।