विश्वशिक्षा कार्यक्रम (GEP)को यस शैक्षिक सत्रको नतिजा वितरण कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · साउन १३, २०८१ ९:२९ AM
Cover Image for News

श्रावण १२ गते साँझ विश्व भूटानी संगठन ‍GBLOले एक शैक्षिक कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक सन्जाल जुमको माध्यमबाट सम्पन्न गरेको उक्त कार्यक्रममा जि. बि.एल.ओ.ले सन्चालन गर्दै आएको विश्व शिक्षा कार्यक्रम GEPको यसवर्ष (२०२३-०२४)को परीक्षाफल सार्वजानिक गरिएको थियो । विगत पाँच वर्षदेखि निरन्तर जुम तथा गुगलका माध्यमबाट सन्चालन भइरहेको यस शिक्षा कार्यक्रम नेपाल भन्दा बाहिर रहेकाहरु र नेपाली भाषा बोल्न र बुझ्न नसक्ने नानीबाबुहरुलाई नेपाली भाषा सिकाउने तथा बुझाउने उद्देश्यले सन्चालन भएको हो । जि.वि.एल.ओ. का उपाध्यक्ष आभाष रिखामको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरेन्द्र लिम्बू पर्देशीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा शिक्षकहरु द्रौपदी प्रदान, रीमा श्रेष्ठ तथा लोकनाथ खनालद्वारा आफ्ना विद्यार्थीहरुको नतीजा सुनाइएको थियो । शेखर कोइरालाद्वारा स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा शिक्षकहरुलाई सम्मान पत्र वाचन गरेर सम्मान गरिएको थियो । प्रमुख अतिथि सुरेन्द्र लिम्बुद्वारा मन्तव्यका क्रममा विद्यार्थीहरुसँग कुराकानी गरेर उनीहरुको नेपाली भाषा सम्बन्धीको बुझाइको जाँच गरिएको थियो भने नानीबाबुहरुको प्रमाणपत्र अनलाइनका माध्यमबाट घरघरमै पठाइदिने जानकारी गराइएको थियो । कार्यक्रममा विश्व भूटानी साहित्य संगठनका (GBLO)का शुभचिन्तक तथा अभिभावक नेदरल्याण्डका डा.डि.पी. शर्मा मैनाली, साहित्यकार देवीका मग्राँती, अभिभावक तथा भाषाविद हेम धिताल, साहित्यकार गण्डकी पुत्र, अभिभावक डा.नारद पोख्रेल भारतका साहित्यकार डा.योगेश खाती तथा जि.बि.एल्.ओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङद्वारा मन्तव्य राखिएको थियो । जि.बि.एल.ओ.का महासचिव पातलो अन्तरेद्वारा सन्चालन गरिएको कार्यक्रमलाई सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण समेत गरिएको । कार्यक्रम शनिबार अमेरिकाको समय अनुसार बिहानको ८ बजे बाट सुरु भएको थियो 

ट्यागहरू:
सहित्य कविता literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४