विराटनगरमा बहुभाषिक कविता गोष्ठी कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · पौष १२, २०८२ ८:४३ PM
Cover Image for News

विराटनगरमा २०८२ पौष १२ गते शनिवार बहुभाषिक कविता गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । विराट मैथिल नाट्यकला परिषदले हरेक महिना नियमित रुपमा गर्दै आएको मासिक कार्यक्रम अन्तर्गतको उक्त कार्यक्रम संस्थाका अध्यक्ष डोमी कामतको सभाध्यक्षता रहेको थियो भने कोशी साहित्य-कला परिषदका अध्यक्ष केशु विरहीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कविहरू- प्रयाग न्यौपाने, लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझी, पुष्षा सायरा, देवी पन्थी, लोचन रिजाल, भगवान झा, मञ्जु घिमिरे दाहाल, सुजाता राई, डोमी कामत, बाबुराम पोखरेल, भवानीप्रसाद पोखरेल, हरि बराल, ऋषि तिवारी, भूपाल अधिकारी, गोविन्द भगत लगायत दुई दर्जनभन्दा बढी कविहरूले विभिन्न भाषामा आफ्नो रचना सुनाएका थिए । स्वर संगीतालयको प्रेक्षालय, विराटनगरमा सम्पन्न भएको सो कार्यक्रमको समाचार स्रष्टा प्रयाग न्यौपानेबाट प्राप्त भएको छ ।  

ट्यागहरू:
samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।