विजय खरेल स्मृतिग्रन्थ लोकार्पण

दिलिप घिमिरे · साउन ८, २०८१ १०:३३ PM
Cover Image for News

 सुसेली साहित्यिक परिवारको आयोजनामा ‘विजय खरेल स्मृतिग्रन्थ’ लोकार्पण गरिएको छ।

 भाषाविद् तथा संस्कृतिविद् प्राडा जीवेन्द्रदेव  गिरीको प्रमुख आतिथ्य भएको कार्यक्रममा सुसेली प्रतिभा पुरस्कार अर्पण तथा विजय खरेलद्वारा रचित गीत सार्वजनिक गरिएको थियो।

लामो समयदेखि साहित्य साधाना तथा विशेषत: झर्रो भाषा र साहित्यमा योगदान दिएका खरेलको गतसाल अमेरिकामा निधन भएको थियो ।उनका १४ वटा कृति प्रकाशित भएका छन् ।


  प्रमुख अतिथि गिरीले ५०० पृष्ठको स्मृतिग्रन्थकको विषयमा बोल्दै-स्मृतिग्रन्थले विजय खरेलका बारेमा अध्ययन गर्न सजिलो भएको छ । स्व. खरेलको श्वायत पत्र बन्न सक्छ । उच्च शिक्षा हासिल गर्ने विद्यार्थीका लागि उहाँका पुस्तकहरू उपयाेगी हुन्छ । साहित्यले समाजमा मानिसलाई मानिस बनाउँछ । भन्ने धारणा व्यक्त गरेका थिए । 

वहुमुखी प्रतिभाशाली कवि, उपन्यासकार, गीतकार तथा  गायक केसाङ लामालाई रु ११,०००/– राशि र दोसल्ला तथा प्रमाणपत्र द्वारा  कार्यक्रमका प्रमुख अतिथि गिरि र कार्यक्रमका अध्यक्ष पुण्यप्रसाद खरेलले सम्मान गरेका थिए ।

 कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, संविधान सभासद रविन कोइराला, वागमती प्रदेशका पूर्व प्रदेशप्रमुख विष्णु प्रसाईं, विजय खरेलकी जीवनसँगी पार्वती खरेल, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, रुद्र गौरी अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओली, मेची वहुमुखी क्याम्पसका पूर्वप्रमुखद्वय उमा ओली, कमल गुरागाईं, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मोहनकाजी, प्रा.डा.गङ्गाप्रसाद अधिकारी, नर्थ बङ्गाल युनिभर्सिटीका प्राध्यापक कृष्णराज घतानी, नेपाली साहित्य विकास समिति, झापाका अध्यक्ष केशव आचार्य, ज्येष्ठ शिक्षक सचेन राई (घुम, दार्जिलिङ), सल्लाहकार राम कट्टेल, भीम खवास, लक्ष्मी उप्रेती , साहित्य कला सङ्गमका विष्णु न्यौपाने, कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, डाइनामिक ग्रुपका अर्जुन खरेल,कवि टङ्क विकल्प, बुद्ध शान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठान अध्यक्ष शिवकुमार पौडेल, डा.ठाकुर पोखरेल,कवि अभागी थेगुवा,लगायत करिव २५० भन्दा बढी साहित्य स्रष्टाहरूको बाक्लो  उपस्थिति रहेको थियो ।  

 प्रमुख अतिथिबाट ‘विजय खरेल स्मृतिग्रन्थ’को लोकार्पण गरियो भने लोकार्पित स्मृतिग्रन्थको परिचयात्मक टिप्पणी डा.दशरथ खरेल तथा भूवन सुब्बाले गरेका थिए । 

विमला प्रधान जोशी, भूमिका राईद्वारा कविता वाचन गरिएको कार्यक्रममा चन्द्र भण्डारी, राम कट्टेल, नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, विष्णु प्रसाईं, लीला उदासी तथा प्रमुख अतिथि प्रा.डा.जीवेन्द्रदेव गिरीले सारपूर्ण मन्तव्य राखेका थिए । 

 विजय खरेलका नाती साई किरण लम्सालले विजय खरेललाई साह्रै मनपर्ने गरेको राजेश पायल राईले गाएको गीत सुनाए र उनले विजय खरेलरचित गीत पर्दामा दृश्यसहित रेकर्ड सुनाएर सार्वजनिक गरे । 

 कार्यक्रम सञ्चालन सचिव कनक कार्कीले गरेका थिए भने स्वागत मन्तव्य सदस्य सुभद्रा भट्टराई अर्याल गरेकी थिइन् ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।