धर्म गौतमको 'बीपी र विद्रोहका ती दिन' पुस्तकको बिर्तामोडमा विमर्श सम्पन्न

दिलिप घिमिरे · भदौ ७, २०८३ ९:५१ PM
Cover Image for News

झापा ७ भाद्र/नेपालको लोकतान्त्रिक आन्दोलनको एक योद्धा धर्म गौतमद्वारा लिखित 'बीपी र विद्रोहका ती दिन' पुस्तकको झापाको बिर्तामोडमा विमर्श गरिएको छ।

नेपाल पत्रकार महासंघ इलामका संस्थापक सभापति, नागरिक अगुवा गौतम।बीपी कोइरालासङ्गै भारतमा बसेर पन्चायत विरुद्ध सशस्त्र क्रान्तिको तयारी गरेका गौतम इलामका पुराना पत्रकार समेत हुन्।
इलामको सदरमुकामस्थित अरनिको संग्रहालयमा शनिबार विमोचन भएको छ उक्त कृतिको विमर्श आज आइतबार जयन्द्र भवन बिर्तामोडमा गरिएको हो।

कार्यक्रममा बीपी स्मृति प्रतिष्ठान झापाका अध्यक्ष गोविन्द लम्साल, रश्मि शेखर सुवेदी,लिला बराल, रेखा सापकोटा लगायतले शुभकामना मन्तव्य तथा लेखकसँग जिज्ञासा राखेका थिए । धेरैजसो जिज्ञासाका सम्बन्धमा लेखकले आफ्नो प्रतिक्रिया दिने जमर्को गरे।

विमर्श निकै रोचक र उपलब्धिमूलक भएको अनुभूति भयो । बीपी कोइरालाले भन्नुभए झैं हामी सबैभन्दा पहिला असल मानिस चाहिँ बन्न ,अनि मात्र बाकी कुरा सोच्न दलीय, जातीय, धार्मिक लगायत सबै खाले आग्रह पूर्वाग्रहभन्दा धेरै माथि उठेर हामी साच्चै असल मानिस बन्न सक्यौँ भने त्यो नै बीपी लगायत हाम्रा सबै आदर्श व्यक्ति व्यक्तित्वहरुले ऐतिहासिक कालखण्डमा गरेको अकल्पनीय त्याग,तपस्या र योगदानप्रतिको उच्च सम्मान हुने लेखकको भनाइ थियो। 

फोटो
विमर्श कार्यक्रममा मुनाराज शेर्माले कृतिको विषयमा आफ्नो बिचार राख्दै `कृति ढिलो आयो तर चुस्त दुरुस्त र पठनीय कृति आएकोमा लेखकलाई बधाई तथा शुभकामना दिए। 

कार्यक्रम साहित्यकार केशब आचार्यको अध्यक्षता भएको कार्यक्रममा राजेन्द्र गौतमले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन पत्रकार लक्ष्मी मिश्रले गरेका थिए । 

कार्यक्रममा बासु बस्नेत,साहित्यकार कृष्ण सुवेदी निराकार,ज्ञानु बुढाथोकी,पत्रकार सन्तोष आचार्य ,पर्वत पोर्तेल लगायत सामाजिक व्यक्तित्व लेखक तथा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

ट्यागहरू:
सहित्य#जीवनी#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।