चित्रा पौड्यालका पाँच मुक्तकहरू
१
बारम्बार शाेषण र विभेदनै सहनुपर्छ यदि भने
हामीले सामन्तवादकै धारमा बहनुपर्छ यदि भने
जनताकाे विश्वासमा ह्रास आउँदा अब अच्म्म नमान्नु
नयाँ उर्जा चुन्नेछन् बाँझाे तन्त्रमा रहनुपर्छ यदि भने
२
साँडे झैँ मनपरी बनाए गणतन्त्र भ्रष्टहरुले डामेपछि
राज्य र नागरिक ठग्ने संगठित अपराधी पालेपछि
अझै छ जिउँदाे दण्डहिनताकाे ती दर्दनाक इतिहास
झुकाए अस्मिता नेपालकाे नालायकलाई छानेपछि
३
न त धराकाे दाेहन राेकियाे न त वहस राेकियाे
वढ्दाे दरिद्रताले प्रकृतिकाे न त सकस राेकियाे
सहअस्तित्वकाे महत्वमाथि खेलवाड गर्दैछ मान्छे
नदी हेर! तिम्राे विध्वंसमाथि न त अपजस राेकियाे
४
हाम्राे हृदयले करुणाकाे गित लेख्न छाेड्याे भने
माटाेसँग पसिनाले उन्नत प्रित लेख्न छाेड्याे भने
बिस्तारै बन्नेछ बन्जर मनुष्यकाे सृजनाकाे खेत
के के हुन्छ प्रकृतिले नित्य रित लेख्न छाेड्याे भने