धुलाबारीमा इष्ट होराइजन नेपाली साहित्य बालक्लब गठन

Khagendra Khushi · भदौ ८, २०८३ ८:४६ PM
Cover Image for News

भदौ ९, झापा । नेपाली साहित्य डटकमले विद्यालयहरुसँग सहकार्य गरेर बालक्लव गठन गर्ने प्रक्रियाको थालनी गरेको छ । आज धुलाबारी स्थित इष्ट होराइजन स्कुलमा अहिलेका चर्चित स्टोरी टेलर साइग्रेस पोख्रेल, साहित्यकार तथा रेडियोकर्मी शिरो सान्दाइ, नेपाली साहित्यका सिइओ अर्जुन उप्रेती, झापा लिट क्यार्निभलका संयोजक सुनिता तामाङ लगायत सहभागी भएको विशेष कार्यक्रममा इष्ट होराइजन नेपाली साहित्य क्लवको गठन गरेर यस प्रक्रियाको सुरुवात गरेको  हो । शिक्षक योगराज खनालको संरक्षकत्व सात सदस्यीय क्लब गठन भएको हो । क्लबमा अध्यक्ष - रियान थापा, उपाध्यक्ष - सदिक्षा अधिकारी, सचिव - सारान्या खनाल, सदस्यहरू - प्रकृति पोखरेल, मोहित राजवंशी, आकाङ्क्षा सङ्ग्रौला, संयोग खनाल रहेेका छन् । क्लबले विद्यालय स्तरका विद्यार्थीहरुको रचनात्मक तथा सिर्जनात्मक क्षमताको विकास गर्दै आफ्नो व्यक्तित्व विकासका लागि गतिविधि गर्नेछ । नेपाली साहित्य डटकमले सबै विद्यालयमा यस्ता क्लब खोल्ने उद्देश्य लिएको छ । 

ट्यागहरू:
literature news samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।