तिमी पारिजात जस्तै फूल्नु
फूल आफैँमा पवित्र छ
चाहे त्यो कमल होस् चाहे मखमली
चाहे त्यो गोदावरी होस् चाहे सुनाखरी
कोहि प्रेमको प्रतिक हुन् त कोहि शान्तिको
कोहि सक्तिको त कोहि सृजनाको
तर
सबै फूल प्रतिक हुन् सुन्दरताको
सयौँ फूलहरू फूल्छन् बगैंचामा
तर
तिमी चैं पारिजात जस्तै फूल्नु
जब कि
तिमी भूईंमा झरीसकेपछी पनि
तिमीलाई उठाएर सिरमा सजाउन्
गलामा सजाउन्
मन्दिरमा सजाउन्
तिमी झरे पनि
तिम्रो महत्व कहिल्यै नझरोस्
पातलो अन्तरे
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६