मकवानपुरमाविभिन्न विधाका ७ स्रष्टा सम्मानित

दिलिप घिमिरे · वैशाख २८, २०८३ ५:४२ PM
Cover Image for News

झापा २८ बैशाख/मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन्।म विराग संगीत,साहित्य,कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्थालाई सम्मान गरेको हो ।

प्रतिष्ठानको २१ वार्षिक साधारणसभा एवम् ८ औँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । प्रतिष्ठानले लोक गायक राजु परियार सहितका स्रष्टाहरूलाई सम्मान गरेको हो।प्रतिष्ठानले २०हजार रुपैयाँ राशीको ‘रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार’ बाट लोकगायक राजु परियारलाई सम्मान गरेको हो। 

१५ हजार रुपैयाँ राशीको ‘शिला नारी पुरस्कार’ मकवानपुरकी संगीता थापा मगर, १५ हजार रुपैयाँ राशीको ‘चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार’ साहित्य संगम मकवानपुरलाई प्रदान गरिएको छ । १० हजार रुपैयाँ राशीको ‘मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार’ बाट स्वास्थ्यकर्मी राजु गुरुङ सम्मानित भएका छन् । 

त्यस्तै, १० हजार रुपैयाँ राशीको ‘अजित सेन गुप्ता भित्र क्षमता पुरस्कार’ थाहा नगरपालिकाका चित्रकार अमिर भोम्जनलाई र १० हजार रुपैयाँ राशीको ‘इन्द्रकुमार कोजू स्मृति पुरस्कार’ ज्ञानोदय बालवाटिका आवासीय मा.वि.मा अध्ययनरत् अप्सना उप्रेती प्रदान गरिएको छ । 

हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो। वरिष्ठ कला साधक भीम विरागको सम्मानमा २०५९ सालमा स्थापना गरिएको प्रतिष्ठानले देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका स्रष्टा तथा सर्जकलाई सम्मानित गर्दै आएको छ ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।