सडकको रोदन

कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे · वैशाख ७, २०८३ ११:२४ AM
Cover Image for News

कविता 

सडकको रोदन 

                                  -कृष्ण धराबासी 

भत्काए बास,पोखाए गाँस,सडकमा रोदन छ 
घरबाट फालि माटोमा पारे,मुटुमा आँधी छ ।
थिचियो घाॅटी,थुनियो सास,घर भो खरानी 
हुनेको सहर,नहुनेको कहर,देश भो बिरानी ।
​
बन्द छ ढोका भविष्यतिर नानीको आँखामा 
वर्तमान रुन्छ नपाइ ओत आमाको काखमा
छातीमा ठूलो राॅको छ पोल्ने सरकारले बालेको 
सडकमा फाले डसना सिरक टालोले टालेको 

भत्काए बास,पोखाए गाँस,सडकमा रोदन छ 
घरबाट फालि माटोमा पारे,मुटुमा आँधी छ ।
छातीमा ठूलो राँको छ पोल्ने सरकारले बालेको 
सडकमा फाले डसना सिरक टालोले टालेको 

आँखा छन् मेरा क्षितिजतिर,अनन्त शून्य छ
घरबार हुने आकाश छुने महललाई पुण्य छ
भोकको ज्वाला दन्किन्छ होला,प्यारीको पेटमा
सपना मात्र देखाए तिनले पाॅच वर्षे भोटमा 

आजको आँसु भोलिको आँधी,न्यायको तराजु 
प्रत्येक ढुङ्गा बोल्नेछन् एक दिन,इतिहास अगाडि 
बिउँझिन्छ भित्र विद्रोह मेरो ,आँसुको बाढीमा 
सेकिएला एक दिन,सत्ताको मात विद्रोही हाँडीमा।।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
 ´त्यो रात थियो`
´त्यो रात थियो`
✍️ गौरी नेम्बाङ, पोष्ट-दिलिप घिमिरे - बुधबार २८ अक्टोबर २०२६
याे दशैंमा
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६
चित्रभित्र हराएको घर
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६