सडकको रोदन

कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे · वैशाख ७, २०८३ ११:२४ AM
Cover Image for News

कविता 

सडकको रोदन 

                                  -कृष्ण धराबासी 

भत्काए बास,पोखाए गाँस,सडकमा रोदन छ 
घरबाट फालि माटोमा पारे,मुटुमा आँधी छ ।
थिचियो घाॅटी,थुनियो सास,घर भो खरानी 
हुनेको सहर,नहुनेको कहर,देश भो बिरानी ।

बन्द छ ढोका भविष्यतिर नानीको आँखामा 
वर्तमान रुन्छ नपाइ ओत आमाको काखमा
छातीमा ठूलो राॅको छ पोल्ने सरकारले बालेको 
सडकमा फाले डसना सिरक टालोले टालेको 

भत्काए बास,पोखाए गाँस,सडकमा रोदन छ 
घरबाट फालि माटोमा पारे,मुटुमा आँधी छ ।
छातीमा ठूलो राँको छ पोल्ने सरकारले बालेको 
सडकमा फाले डसना सिरक टालोले टालेको 

आँखा छन् मेरा क्षितिजतिर,अनन्त शून्य छ
घरबार हुने आकाश छुने महललाई पुण्य छ
भोकको ज्वाला दन्किन्छ होला,प्यारीको पेटमा
सपना मात्र देखाए तिनले पाॅच वर्षे भोटमा 

आजको आँसु भोलिको आँधी,न्यायको तराजु 
प्रत्येक ढुङ्गा बोल्नेछन् एक दिन,इतिहास अगाडि 
बिउँझिन्छ भित्र विद्रोह मेरो ,आँसुको बाढीमा 
सेकिएला एक दिन,सत्ताको मात विद्रोही हाँडीमा।।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
✍️ टंक विकल्प पोष्ट-दिलिप घिमिरे - बिहिबार १० सेप्टेम्बर २०२६
सम्झौता र मौनता
सम्झौता र मौनता
Admin - बिहिबार १० सेप्टेम्बर २०२६
भरोसा त मलाई
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६
तिमीभित्रको उज्यालो
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६