कवि हाङओजा थेगिमको ‘रातसँगै पलाएको सपना’ कविता कृतिको लोकार्पण

दिलिप घिमिरे · वैशाख २१, २०८३ ९:०४ PM
Cover Image for News

झापा २१ बैशाख /कवि हाङओजा थेगिमको पहिलो कविताकृति ‘रातसँगै पलाएको सपना’को लोकार्पण गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघको भवन शिवसताक्षी,दुधेमा आयोजित कार्यक्रम सताक्षीधाम साहित्य सङ्गमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षता, र साहित्यकार प्राडा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न गरिएको हो।
कार्यक्रममा आख्यानकार पुण्यप्रसाद खरेल, याक्थुङ प्रज्ञाप्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगु,साहित्य कला सङ्गम,दमकका अध्यक्ष विन्दु दाहाल मुकदर्शक,मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे,उपन्यासकार मनु योङहाङ,नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेली,साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठ,साहित्यकार विवश बलिभद्र कोइराला,लेखक कमलराज भट्टराई,कवि हाङओजा थेगिम,प्रकाशक जसमाया थेगिमलाई मञ्चासीन गराएर कार्यक्रमका अध्यक्ष,प्रमुख अतिथिले संयुक्तरूपमा कृतिको लोकार्पण गरिएको थियो ।
प्रमुख अतिथि प्राडा भट्टराईले ´हाङओजाका कविता राष्ट्रिय स्तरका आधुनिक नेपाली कविताको हारमा पर्ने र यी रचनामा कविका भावना,उद्वेग र मनस्थिति अनि समयलाई हेर्ने दार्शनिक चेत रहेको बताए।`
कवितामा कति तीक्षणतापूर्वक परिभाषित गरेको-
 कार्यक्रममा समीक्षकहरु मनु योङहाङ र विन्दु दाहाल मुकदर्शकले ‘रातसँगै पलाएको सपना’ कृतिको चिरफार नै गरेर समीक्षात्मक परिचय प्रस्तुत गर्नुभएको थियो ।
लोकार्पित कृतिबाट निर्मला प्रधान,विवेक दुलाल क्षेत्री तथा देवीभक्त श्रेष्ठले कविता वाचन गरेका थिए ।प्राज्ञ सुमित्रा वाङ्देल चेली,पुण्यप्रसाद खरेल, राजेन्द्र जवेगुले शुभकामना मन्तव्य राखेका थिए ।

फोटो
कार्यक्रममा साहित्यकार हेमनाथ अधिकारी,नरपति पाण्डे,अनिरुद्र ओली,हिम्मत नेम्बाङ,अभागी थेगुवा,एन वि दाहाल ‘नविन’,अस्मिन धिताल, सेलिङ केसी,डिबी सुब्बा,मेघनाथ बन्धु,देवी जवेगु,शकुन्तला सुब्बा,प्रेम जवेगु,राजकुमार खड्का,अम्बिकाप्रसाद सापकोटा, सञ्जोग थेगिम, उर्मिला पाण्डे,नरपति पाठक,पवन घिमिरे, दधिराम खनाल,दुर्गा नेम्वाङ,लोकमणि गौतम, पदमप्रसाद ओली,प्रकाश लिम्बु,कमल घिमिरे,कल्पना आङ्वो,प्रतिमा जवेगुसहित कविका आफन्त समेत करिव साठी जनाभन्दा बढीको उपस्थिति रहेको थियोे । 

सताक्षीधाम साहित्य सङ्गमका सदस्य वीरेन्द्र थोक्लिहाङद्वारा सञ्चालन गरिएको कार्यक्रममा सङ्गमका सदस्य श्रीप्रसाद खरेलले स्वागत मन्तव्य राखेका थिए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।