तिला लेकालीको गजल

तिला लेकाली पोष्ट - खगिन्द्रा खुसी · कार्तिक २१, २०८१ ८:३६ AM
Cover Image for News

कति ! सुन्दर मेरो देश  साना  साना गराहरु
 विहानी भो उठ भन्दै चिर्विराउँछन् चराहरू

हजारौ  छन् तालतलैया  हरिया वन  जंगल
संसारमै कतै  छैनन्  यति  सुन्दर  धराहरू

वेद पुराण महाभारत पूर्वीय यो सष्कृतिका
अझै थुप्रै  छन् यस्ता  देश उठाउने जराहरू

उत्तर तिर  सेता हिमाल, लुम्बिनी  र  कोशी 
लोभिएर  घुटु  घुटु  थुक  निल्छन्  बराहरू

सगरमाथा  देशको  छानो तराइ हो आधार
कम्जोर छैन मेरो देश थप्छौं अझै  सराहरु ।

तिला लेकाली
बेलबारी,मोरङ।

ट्यागहरू:
सहित्य गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गजल - श्रेष्ठ प्रिया पत्थर
गजल - श्रेष्ठ प्रिया पत्थर
श्रेष्ठ प्रिया पत्थर - मङ्गलबार १३ अक्टोबर २०२६
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४