स्वप्नआशक्ति
स्वप्नआशक्ति - राज आशातीत
त्यो बाटोभरि टक्र्याकटुक्रुक बसेका
खण्डहरजस्तै रहरहरुको रहर सङ्गालेर,
भोकको बदलामा
सिङ्गो सन्तोष लिएर,
आस्थाको बदलामा..... गोल मस्तिष्क बोकेर,
कागजमा कोरिएको
एउटा टिठ लाग्दो भविष्य साथ लागेर
म यो बाटोमा आइपुगेको छु ।
यहाँ मलाई
चारैतिरबाट आइरहेका आवाजहरु
साह्रै उच्चाटलाग्दा लागिरहेछन्
विवेकबाट लखेटिएका यत्नहरु,
तर्कबाट प्रतिस्थापित प्रकृति,
मोहबाट उत्पन्न विकार-व्यवहार
झट्ट हेर्दा सगरमाथाभै उँचो देखिइरहेछ !
फूलहरुको स्पर्शमै पनि
भयानक आँधीको सामना गर्दै
रक्ताम्य चेतना बोकेर
म एउटा यस्तो आशक्ति पालिरहेछु
यो स्वार्थ नामक विषको अन्त्य भएको हेर्ने
जसरी
कुनै भयानक तर शानदार नियात्रा सपनामा
अकस्मात मार्गहरुको अन्त्य हुने गर्छ ।
इटहरी, सुनसरी
ट्यागहरू:
सहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६