सतासी साप्ताहिकको १४औं बार्षिक उत्सव सम्पन्न

दिलिप घिमिरे · साउन ८, २०८१ ८:४४ PM
Cover Image for News

 सतासी साप्ताहिक खबर पत्रिकाको १४औं बार्षिक उत्सव समारोह सम्पन्न गरिएको छ ।

 शिवसताक्षी नगरपालिका नगर प्रमुख मेघाहाङ् थोप्राको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथित्रय नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरि,शिवसताक्षी नगरपालिका निवर्तमान नगर प्रमुख चन्द्रकुमार शेर्मा,यलम्बर टाइम्सका प्रधानसम्पादक विपिन राईको उपस्थितिको  थियो ।

 समय परिवर्तन सँगसँगै छापा पत्रिकालाई पनि अब सामाजिक सञ्जामा पढ्न सक्ने गरि रुपान्तरण गर्दै अघि बढ्नुपर्ने प्रमुख अतिथि थोप्राले बताए ।

 २०६९ साल साउन ८ गते झापाको झिलझिलेबाट यो पत्रिकाको  नमुना अङ्क प्रकाशन गरि गामीण क्षेत्रलाई कार्य क्षेत्र बनाएर पत्रिकाले प्रकाशन यात्रा निरन्तर अगाडि बढाइरहोको सम्पादक सेलिङ केसीको भनाइ थियोे ।

 तत्कालीन सतासीधाम गाविस हाल शिवसताक्षी नगरपालिकामा रहेका व्यवसाय गर्ने व्यवसायीहरु, विभिन्न संघसंस्था, राजनीतिक दल, शिक्षक, महाजन, पत्रकार,साहित्यकार,लेखक,विज्ञापनदाता तथा शुभचिन्तकहरुको सहयोगकै कारण यस पत्रिका यहाँसम्म आउन सकेको अध्यक्ष योगेन लावतीले बताए ।

  सतासी साप्ताहिक खबरपत्रिकाले प्रारम्भिक कालदेखि नै काठमाडौंले उपेक्षा गरेको स्थानीय समाचारहरुलाई विशेष प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्दै आइरहेको छ ।सरकारी ढिलासुस्ती, बेथिती, अनियमितता,सामाजिक विसंगती जस्ता समाचारहरु सम्प्रेषण गर्दै आइरहेको मात्र छैन, व्यक्तित्व, साहित्य,अन्तर्वार्ता, विभिन्न कार्यक्रम, सामाजिक गतिविधिका विभिन्न सामाचारहरु सम्प्रेषण गर्दै आम नेपालीलाई समाचारको माध्यमबाट प्रत्याभूत गर्दै आइरहेको छ ।

ट्यागहरू:
news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।