साहित्यकार गणेश निरौलाको ‘कनाटा कैरन’को परिचर्चा बिर्तामोडमा सम्पन्न

दिलिप घिमिरे · फागुन १५, २०८२ ६:५९ PM
Cover Image for News

झापा १५ फागुन /साहित्यकार गणेश निरौलाको दोस्रो नियात्रा–कृति ‘कनाटा कैरन’को परिचर्चा कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ ।
साहित्य चौतारी,बिर्तामोडको सभाकक्षमा भएको कार्यक्रमको अध्यक्षता चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले गरेका थिए ।कार्यक्रममा कृतिकार गणेश निरौलाले उपस्थित सबैलाई स्वागत गर्दै कृतिको रचनागर्भका बारेमा मन्तव्य राखेका थिए।

फोटो
कृति ‘कनाटा कैरन’का बारेमा साहित्यकारहरु कृष्ण धराबासी,पुण्यप्रसाद खरेल तथा नमुना निरौला दाहालले समीक्षात्मक तथा परिचयात्मक परिचर्चा गरेका थिए ।
कृति परिचर्चामा याे निबन्धात्मक कृति भए पनि काव्यमय प्रवाह छ। लेखक घुमेका देखेका स्थान, दृष्य र घटनाहरूकाे सरसर्ति वर्णन मात्र हाेइन रहेछ "कनाटा कैरन",याे त इतिहास,भूगाेल,राजनीतिक मूल्य, सामाजिक सांस्कृतिक मूल्य मान्यता र विश्वास अनि मान्छेका आचरणहरूकाे अन्तर - घुलन रहेको समीक्षकहरुले बताए।
फोटो
कार्यक्रममा लीला उदासी,गोपीकृष्ण खतिवडा,मोहन ओली,मुनाराज शेर्मा,लीला अनमोल,केशव आचार्य,शिरो सान्दाइ,पुण्य बराल, दिव्या निरौला,भक्त खपाङ्गी,देशु वनेम,विवश बलिभद्र कोइराला,विरही अधिकारी,दिलबहादुर थापा,गीता सुवेदी नेपाल,मोक्ष खतिवडा,रश्मि असफल,मायामितु नेउपाने,योगेन्द्र अधिकारी,ज्ञानु बुढाथोकी,जय भण्डारी,तीर्थ सिग्देल,शिवकुमार पौडेल,अनिरुद्र ओली,विष्णुकुमार भट्टराई, नेत्रप्रसाद घिमिरे, किरण खनाल,नदी भट्टराई नुरज,देवीप्रसाद गौतम,मिरा काफ्ले पोखरेल, युवराज अधिकारी,मञ्जु विमली, उमानाथ दाहाल, भीमप्रसाद निरौला,लक्ष्मीप्रसाद रिजाल, दुर्गाप्रसाद भट्टराई,भरत प्रसाईं,हरिप्रसाद सापकोटा,पुष्पा नेपाल सुवेदी,खेमराज निरौला,डिल्लीप्रसाद सुवेदी, तेजकुमारी सुवेदी, टेकप्रसाद नेपाल, कृष्णप्रसाद रिजाल,अर्जुन निरौला,लता खरेल,माधव पौडेल, केशव भण्डारीलगायतका स्रष्टा साहित्यकारहरुको उपस्थिति रहेको थियो।कार्यक्रम सञ्चालन सचिव तुलसी निरौलाले गरेका थिए। 

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।