साहित्यकार अभागी थेगुवालाई ‘चुलाचुली साहित्य उत्सव सम्मान´

साहित्य उत्सवमा साहित्यकार अभागी थेगुवालाई ‘चुलाचुली साहित्य उत्सव सम्मानबाट ´नगदसहित सम्मानित गरिएको छ।
सधैं सरल, साधारण, सौम्य र रचनात्मक रूपमा प्राय:साहित्यिक कार्यक्रमहरुमा सर्जकहरूसँग सहकार्य गर्दै गरेको भेटिने कवि थेगुवाको सप्तकोशीबाट (२०५४)संयुक्त गजल सङ्ग्रह, बुद्धले अस्त्र...(२०५८)कविता सङ्ग्रह,हर्के म अनि युद्ध(२०६८)गजल काव्य सङ्ग्रह प्रकाशन भइसकेका छन् भने सपनाहरूको बही(२०८१)कविता सङ्ग्रह कवि थेगुवाको व्यक्तिगत रचनाहरूको तेस्रो कृति हो ।
लामो समयदेखि शिक्षा,भाषा,साहित्य कला र संस्कृति संरक्षणमा सक्रिय बन्दै आएको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाले दुई दिवसीय ऐतिहासिक ‘चुलाचुली साहित्य उत्सव २०८२’ शुक्रबार सम्पन्न गरेको छ।
साहित्यकार थेगुवालाई नगदसहित दोसल्ला, सम्मानपत्र र अबिर टीकाले कार्यक्रमका प्रमुख अतिथि,विशिष्ट अतिथ र सभापतिबाट सम्मान गरिएको थियो ।
चुलाचुली गाउँपालिकाले गठन गरेको ‘भाषा, साहित्य, कला, संस्कृति तथा पर्यटन समन्वय समिति’को आयोजनामा चुलाचुली ५ चपेटीस्थित भञ्ज्याङ एग्रो टुरिजममा कोशी प्रदेशका ७० जना बढी सर्जकले आफ्ना सृजना प्रस्तुत गरेका थिए ।
उत्सवले चुलाचुलीको पर्यटनको सम्भावनालाई साहित्यसँग जोड्ने लक्ष्य रहेको समितिका अध्यक्ष विवश बलिभद्र कोइरालाले जनाए ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले चुलाचुलीलाई सृजनशील क्षेत्रबाटसमेत चिनाउन गाउँपालिकाले यस अघिदेखि नै क्रियाकलाप गरिरहेको र यो दुई दिवसीय ऐतिहासिक चुलाचुली उत्सवले भौतिक विकास मात्र विकास होइन भाषा,साहित्य ,कला र संस्कृति विकास पनि विकास हो भन्ने कुरालाई छर्लङ्ग पारेको बताए ।
उत्सवमा कोशी प्रदेशका सर्जकलाई प्रतिनिधिमूलक सहभागिता गराइएको थियोे । उत्सवको पहिलो दिन ‘प्रतिनिधिमूलक कविता वाचन’, ‘कवि र कविता’ र ‘गजल साँझ’ आयोजना गरिएको र सोही दिन ग्रामीण पर्यटन प्रवर्द्धनमा साहित्यको योगदान विषयक बहस समेत भएको थियोे ।बहसमा सर्जक एवम् पत्रकार भूपेन्द्रराज तिम्सिनाको सहजीकरणमा सीमा आभास, प्रकाश थाम्सुहाङ र गिरीराज बाँस्कोटाको सहभागिता थियोे ।
गजल साँझमा सुमित्रा बाङ्देल चेली, शिव रेग्मी प्रणत, रोहित पराई, मायामितु, एकु घिमिरे, याम थुलुङ, लीला अनमोल, दिलीप घिमिरे,कृष्ण काश्यप र यादव भट्टराई भिजन गुरागाईँले गजल वाचन माहोल उल्लासमय बनाएको थियोे ।
त्यस्तै, दोस्रो दिन देशु वनेम, विराट किराती, चन्द्र सम्बाहाम्फे, केशव रिमाल, विनोद थापा, तिलक राई, पुष्पा बोगटी, रोहिणी रसिकले पनि कविता वाचन गरेका थिए ।
‘हाम्रो सिर्जना : स्थानीय कविका कविताहरु’ कार्यक्रममा चुलाचुलीका कविका कविता प्रस्तुत भए । जसमा इन्द्र घिमिरे, विमल पौडेल सहयोगी, उद्धव ओझा, धर्म सन्देश, डिम्पल वनेम, रोहितप्रसाद सुवार, श्रीकृष्ण चापागाईं, बद्रि चम्लागाईं, सावित्रा बाँस्कोटा सवु सुधा, इशान केरुङ, सौरभ वाँस्कोटा विचारक र उत्सव न्यौपानेको प्रस्तुति दिए ।
‘चुलाचुलीमा नाटक : हिजो, आज र भोलि’ विषयक बहस कार्यक्रम चोमु शेर्पाले सहजीकरणमा संचालन गरेकि थिइन् ।
उत्सवमा उपन्यासकार श्याम सिंघकको उपन्यास कोइलाखाँद को लोकार्पण समेत गरिएको थियो ।




