मनदेखि मनसम्म,कार्यक्रम सिन्सीनाटी शहरमा सम्पन्न

दिलिप घिमिरे · असोज २८, २०८२ ५:१७ PM
Cover Image for News

मनदेखि मनसम्म, सिन्सीनाटी शहरमा भव्यताका साथ सम्पन्न गरिएको छ। 

अमेरिकामा सन् २०२५को जनवरीदेखि सुरु भएर श्रृंखलाबद्धरुपमा सञ्चालन हुँदै आएको यो साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हो मनदेखि मनसम्म। 

  जिबिएलओले आयोजना गरेको कार्यक्रममा ३२ जना श्रष्टाहरू एउटै मन्चमा बसेर आफना भावनाहरू साटेको सायदै यो अविस्मरणीय पल हो।कार्यक्रम  अक्टोबर ११ तारिकका दिन सम्पन्न गरिएको  थियो । 
 अमेरीकाका विभिन्न शहरहरूबाट र अस्ट्रेलियाबाट समेत आउनुभएका सर्जकहरूको उपस्थितिले कार्यक्रमको महत्व र सौन्दर्यता अझै बढेर गएको थियो। 

जोयस् पार्क सेन्टरमा भएको कार्यक्रममा दर्शक-श्रोताहरूको पनि बाक्लो उपस्थिति थियो। कार्यक्रम रातीसम्म निरन्तर चलिरहेको थियो तर श्रोताहरू भने चुपचाप भएर सुनिरहेका थिए। यो एउटा मनलाई अर्को मनसँग जोड्ने संगम बनिरहेको छ।
 कार्यक्रमले अमेरिकामा भएका नेपालीहरुको मन जित्दै आएको छ भने विश्वका नेपाली भाषा र साहित्य मन पराउनेहरुको मनलाई समेत आकर्षित गरिरहेको छ । 

  कार्यक्रममा स्थानीय कवि कलाकार तथा गायक गायिकाहरुको उपस्थितिमा गजल, कविता, गीत तथा विभिन्न कला प्रस्तुत गरिएको  जिबिएलओका अध्यक्ष पातलो अन्तरेले जानकारी  दिनुभएको छ । 

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।