साहित्य कला सङ्गम,दमकले ९ जना स्रष्टालाई पुरस्कृत गर्ने
झापा २६ चैत्र /साहित्य कला सङ्गम, दमकले ९ जना स्रष्टालाई पुरस्कृत गर्ने भएको छ।आगामी बैशाख १२ गते शनिबार दमक,झापामा भव्य कार्यक्रमको आयोजना गरी लेखकहरूलाई पुरस्कृत गरिने भएको हो।
सङ्गमको पुरस्कार छनौट समितिबाट प्राप्त सिफारिसलाई गत चैत्र २४ गते बसेको कार्यसमिति बैठकले अनुमोदन गरि साहित्य कला सङ्गम दमकले भाषा,साहित्य,कला,संस्कृति,गीतसङ्गीत, खेलकुद आदि क्षेत्रमा महत्त्वपूर्ण,योगदान पुर्याउनुहुने विशिष्ट व्यक्तित्वहरूलाई तपसिल
पुरस्कारहरु प्रदान गर्ने निर्णय गरिएको संस्थाद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट सुनसरी,धरानका साहित्यकार प्राडा.भीम खतिवडालाई र साहित्य कलाश्री पुरस्कारबाट दमक,झापाका साहित्यकार डा.गोपालप्रसाद भण्डारीलाई प्रदान गर्न लागिएको हो।
त्यस्तै,रुद्र निरौला स्मृति पुरस्कारबाट दमक,झापाका साहित्यकार मेघराज तिम्सिनालाई र `चन्द्रवीर खड्का स्मृति पुरस्कारबाट बिर्तामोड,झापाकी नारी स्रष्टा मिना अधिकारीलाई प्रदान गरिनेछ।यी दुबै पुरस्कारको एघार हजार नगद,सम्मान पत्र,स्मृति चिन्ह रहेको साहित्य कला सङ्गमका अध्यक्ष विन्दु दहाल 'मूकदर्शक'ले बताए ।