वासु शशी साहित्य सम्मान-२०८३ बाट स्रष्टाहरु सम्मानित हुने
२०८३ कार्तिक १०, झापा ।
वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जकहरु खगेन्द्र सङ्ग्रौला, बुलु मुकारुङ, रामप्रसाद पन्त, लोकेश ढकाल, धनवन्तरी मिश्र कात्यायनी, राजेन्द्र शलभ, प्रमोद ढुंगाना, डी. आर. उपाध्याय, शीला पन्त, सुमन वर्षा र अञ्जु शर्मालाई 'वासु शशी साहित्य सम्मान २०८३' प्रदान गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त कार्यक्रम आगामी २०८३ मङ्सिर १८ गते काठमाडौं महानगरपालिका वडा नं. ७, सुवणर्पुर सम्पदा संरक्षण समितिको सहकार्यमा हुने परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले बताएको समाचार स्रष्टा तथा पत्रकार राधेश्याम लेकालीबाट प्राप्त भएको छ ।
ट्यागहरू:
literature
news
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
नारी स्रष्टा समाज नेपालले चार जना स्रस्टालाई सम्मान गर्ने
खगिन्द्रा खुसी - बुधबार २८ अक्टोबर २०२६
पद्मावती सिंहलाई ‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार २०८२’ अर्पण
खगिन्द्रा खुसी - बुधबार २८ अक्टोबर २०२६
दमकमा कात्तिक १२ देखि चारदिने कला, साहित्य तथा संगीत उत्सव हुने
दिलिप घिमिरे - मङ्गलबार २७ अक्टोबर २०२६
मानार्थ सल्लाहकार लोकनाथ पौड्यालबाट टीका,जमरा र आशीर्वाद ग्रहण
दिलिप घिमिरे - सोमबार २६ अक्टोबर २०२६