साहित्य चौतारीले स्रष्टाहरुलाई गर्याे रथारोहणसहित अभिनन्दन

दिलिप घिमिरे · साउन १, २०८१ ९:०१ AM
Cover Image for News

साहित्य चौतारी झापाले २११औं भानु जयन्तीको अवसर पारेर सोमबार नेपाली साहित्य तथा संगीत विधाका तीन नक्षत्रहरुलाई रथारोहणसहित सम्मान गरिएको छ ।

 कार्यक्रममा गायिका शान्ति ठटाल,लोकगायक लक्ष्मी जोशी र पत्रकार तथा साहित्यकार नकुल काजीलाई रथारोहण गरिएको थियो भने गंगाप्रसाद उप्रेती, जगमान गुरुङ, गणेश रसिक, टंक न्यौपाने, गंगाप्रसाद अधिकारी, शम्भु राई, कुन्ता शर्मा, अनुराधा थापा, विक्रमश्री र मनु मञ्जिललाई अभिनन्दन गरिएको थियो ।

photo
भाषाविद् चुडामणि रेग्मीलाई पनि रथारोहण गरिने भनिए पनि स्वास्थ्यका कारण उहाँ उपस्थिति हुन सक्नु भएन ।

 चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता र ललित कला प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छालीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेली ,साहित्यकारहरु पुण्यप्रसाद खरेल ,इलामका लोकगायक देवी गौतम,नकुल काजी,गायक तथा संगीतकार जीवन अधिकारी ,गायक शान्ति ठटाल, लक्ष्मी जोशी, प्राडा टंक नेउपाने, कवि कुन्ता शर्मा, कलाकार विक्रमश्री, प्राडा गङ्गाप्रसाद अधिकारी, कलाकार अनुराधा थापा, मनु मञ्जिल, शिवशङ्कर थापा,साहित्यकार टंक विकल्प ,स्रष्टा धनकुटे कान्छा लगायत छिमेकी राष्ट्र भारतबाट समेत कार्यक्रममा अतिथिहरु उपस्थित थिए । 

photo
भानु जयन्तीको अवसरमा राष्ट्रियव्यापी  कविता प्रतियोगिताका लागि नेपाल भरीका १ सय  ५६ वटा कविता मध्येबाट उत्कृष्ट १० कविका कविता कार्यक्रममा समावेश गरिएकाे थियो ।        प्रथमलाई २० हजार द्वितियलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार राशी रहेको महासचिव भानुभक्त कुभिण्डेलीले बताए। 

अभिनन्दित तथा पुरस्कृतमध्ये प्राडा टङ्क नेउपाने, लक्ष्मी जोशी, कुन्ता शर्मा, मनु मञ्जिलले संक्षिप्त भनाइसँगै लक्ष्मी जोशीले गीत गाउनुभयो भने कुन्ता शर्मा र मनु मञ्जिलले कविता सुनाउनु भएको थियो ।दार्जिलिङ तथा सिलगढीबाट ४० जनाभन्दा बढी स्रष्टा साहित्यकारहरु उपस्थित रहनुभएको सो कार्यक्रममा झापाका अधिकांश साहित्यकारहरु उपस्थित थिए ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू