सोह्र श्राद्ध
त्यो तल्लो बारीमा
के रोपिस्?
यसपालि त बाँझो राखिनस् होला नि?
जङ्गलको बाघले पनि आफ्नो क्षेत्र
सुरक्षित राख्छ
तैँले माटो त पराईलाई
बेचिखाएको छैनस् नै होला।
शरीरकी तेरी आमा मरेर गए पनि
सधैँ बाँच्ने आमा त त्यही माटो हो है नभुलेस्।
तेरो शरीरमा
शरीरको कुनै कोशमा,हड्डीमा,चालढालमा
हामी अझैँ छौँ नभुलेस्।
धाप-सिमसार,संसारीमाई,कुलधर्म,
हजुरबा-हजुरआमा, जिजुबा-जिजुमा,मितबाउ-मितामा,
बुढी फूपू-फुपा, छिमेकी अक्कु, कोपा, बतिम,
धबा, निनी सबैसबैलाई श्राद्धको तर्पण दिन नभुलेस्।
छेउको जङ्गल
तैँले फेर्ने सास हो थाहा छ के?
त्यो धारा, त्यो खोला नै
तेरो नसा-नसामा बग्ने रगत हो
बुझिस् के?
तँमाथि यिनको ऋण छ नि ।
सिटिङ रुमको भित्तामा सजिएका मेरा बा-आमा
मलाई टुलुटुलु हेर्दैछन् ।
सोह्र श्राद्ध आयो ।
पितृहरूलाई अब मैले के जवाब दिने होला ?
ट्यागहरू:
सहित्य
कविता
literature
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रोहिणि रसिकको कविता समयको उद्गार
रोहिणि रसिक पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १४ नोभेम्बर २०२४
अभाव
रोशन परियार - मङ्गलबार ५ नोभेम्बर २०२४
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता - मृत्यु शैयाबाट
महाकवि लक्ष्मीप्रसाद देवकोटा पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १ नोभेम्बर २०२४
आत्मकल्याण छिन्छिन
कोषराज न्यौपाने पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार १ नोभेम्बर २०२४