काइँलालाई ५ लाख राशिको 'पहिचान सम्मान'
१३ मङ्सिर /पहिचान पुरस्कार कोषले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति मुन्धुमविद् वैरागी काइँलालाई ५ लाख राशीको 'पहिचान सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।
साहित्य, संस्कृति तथा मुन्धुम दर्शनमा काइलाले पुर्याएको योगदान अद्वितीय रहेको छ ।
काइँला विगत पाँच दशकदेखि लिम्बू भाषा, मुन्धुम अध्ययन, मौलिक लोककथा, गीत, मिथक, संस्कार–संस्कृति तथा समुदायको मौखिक इतिहास सङ्कलन–संरक्षणमा सक्रिय रहँदै आएका छन् । 
काइँलालाई ५ लाख २ हजार २ रुपैयाँ र ताम्रपत्र तथा राईलाई ५० हजार २ सय २ सहित ताम्रपत्र प्रदान गरिनेछ ।
