काइँलालाई ५ लाख राशिको 'पहिचान सम्मान'

दिलिप घिमिरे · मंसिर १४, २०८२ ११:१६ PM
Cover Image for News

१३ मङ्सिर /पहिचान पुरस्कार कोषले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति मुन्धुमविद्‍ वैरागी काइँलालाई ५ लाख राशीको 'पहिचान सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।

साहित्य, संस्कृति तथा मुन्धुम दर्शनमा काइलाले पुर्‍याएको योगदान अद्वितीय रहेको छ ।
 काइँला विगत पाँच दशकदेखि लिम्बू भाषा, मुन्धुम अध्ययन, मौलिक लोककथा, गीत, मिथक, संस्कार–संस्कृति तथा समुदायको मौखिक इतिहास सङ्कलन–संरक्षणमा सक्रिय रहँदै आएका छन् ।

कवि राई
यस्तै, 'पहिचान युवा सम्मान' भने कवि गणेशकुमार राई लाई दिइने भएको छ । कोषका संस्थापक नरेश काङमाङ राईद्वारा आज जारी विज्ञप्तिमा २०८१/८२ का लागि पुरस्कार घोषणा गरिएको उल्लेख छ । काइँला मुन्धुमविद्‍ पनि हुन् भने राई कविता लेखनमा सक्रिय छन् ।
काइँलालाई ५ लाख २ हजार २ रुपैयाँ र ताम्रपत्र तथा राईलाई ५० हजार २ सय २ सहित ताम्रपत्र प्रदान गरिनेछ ।

फोटो

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।