शिवसताक्षीमा चासोक तङ्नाम भव्य रुपमा मनाइयो

दिलिप घिमिरे · मंसिर १९, २०८२ ११:३० PM
Cover Image for News

१८मङ्सिर /लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम २०८२ शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ ।
 प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो ।
 किराँत याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समिति र किराँत थाक्थुङ चुम्लुङ र नालिफुङगो चुम्भोको संयुक्त आयोजनामा चासोक तङ्नाम पर्व मनाइएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका विरबल जवेगुले जानकारी दिए ।

फोटो
चासोक तङ्नामको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले देशको पहिचान र सम्पत्ती भनेकै सबै जात जातिहरुको भाषा, धर्म, लिपी लगायतका संस्कृतिक पर्वहरु भएको बताए ।

कार्यक्रममा च्याब्रुङ नाच, साकेला नाच, लिम्बु भाषाका गीतहरु प्रस्तुत गरिएको थियो ।
  कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, पूर्व सांसद तारासम योङ्यालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत किराँत याक्थुङ चुम्लुङ सदस्य तथा वडाध्यक्ष सन्त फउदिन गरेका थिए । वडा नं. ११ वडा सदस्य पर्शुराम अधिकारीले लिम्बु भाषा मै शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन भीम लिवाङले गरेका थिए ।
फोटो
के हो चासोक तङ्नाम ?
लिम्बू समुदायले महान्चाडको रूपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम न्वागी पूजो अर्थात्त उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्त्र्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

 लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । 
 हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम न्वागी पूजो अर्थात् उधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरि छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
काइँलालाई ५ लाख राशिको 'पहिचान सम्मान'
काइँलालाई ५ लाख राशिको 'पहिचान सम्मान'
दिलिप घिमिरे - शनिबार २९ नोभेम्बर २०२५
‎नियमित मासिक  कार्यक्रम सम्पन्न   ‎
‎नियमित मासिक कार्यक्रम सम्पन्न ‎
दिलिप घिमिरे - शनिबार २९ नोभेम्बर २०२५
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५