बिराटनगरमा स्वरसम्राट नारायण गोपालको ३५औं स्मृति दिवस सम्पन्न
आरोहण गुरुकुल विराटनगरले एक साङ्गीतिक कार्यक्रम सम्पन्न गरेको छ । स्वर संगम संगीतालयको ३१औं वार्षिकोत्सव तथा स्वरसम्राट नारायण गोपालको ३५औं स्मृति दिवसका अवसरमा सो भव्य अनुष्ठान सम्पन्न गरिएको हो । प्रदेश प्रमुख माननीय पर्शुराम खापुङको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा पाँचजना सर्जक, गायक तथा स्रष्टालाई सम्मान गरिएको थियो । सम्मानित गायक कुवेर राई, साहित्यकार भवानी प्रसाद पोख्रेल, समाजसेवी सीता पोख्रेल, ललीतकलामा अनुराधा थापा, नवप्रतिभा द्वय विभूतिराज कोइराला र श्री बाँस्कोटालाई सम्मान गरिएको थियो भने भगवान झा, माही अटल, कृतिका सहित तीन जनालाई प्रसंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्राज्ञ विवश पोखरेल, समाजसेवी बेनीगोपाल मुन्धडालगायत करिब ४०० जना स्रष्टा तथा संगीतप्रेमीहरुको उपस्थिति रहेको थियो ।