पालिका स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

दिलिप घिमिरे · मंसिर १९, २०८२ १०:३१ PM
Cover Image for News

१८मङ्सिर /फक्ताङ्लुङ बाल क्लवको आयोजनामा कन्काई नगरपालिकाका स्तरीय कविता लेखन तथा वाचन कार्यक्रम सम्पन्न गरिएको छ। 

दुर्गापुर झापा स्थित फक्ताङ्लुङ विद्यालयको प्राङ्गणमा कनकाई नगरका ११विद्यालयमा अध्ययनरत  १९जना प्रतियोगि विद्यार्थीहरूले सहभागीता जनाएका थिए। 

कार्यक्रममा बाल क्लवकी अध्यक्ष शिखा सिनच्युरीको अध्यक्षतामा भएको थियो भने कन्काई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भीष्मभूषण सिटौलाको प्रमुख आतिथ्य रहेको थियोे ।

फोटो
फक्तालुङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्बाङ,फक्ताङ्लुङ एजुकेसन फाउन्डेसनका प्रधानाध्यापक ओमविक्रम नेम्बाङ ,कन्काई बालकल्याण अधिकारी उमानाथ ढकाल कार्यक्रममा विशेष अतिथि रहेका थिए ।

प्रतियोगितामा कवि नरेन्द्रकुमार नगरकोटी र साहित्यकार विवश बलिभद्र कोईराला निर्णायक रहेका थिए ।प्रतियोगि विद्यार्थीहरुलाई गोलाप्रथाद्वारा निर्णायकले  अलग अलग उन्नाईस शीर्षकमा तत्काल कविता लेखेर प्रस्तुत गरेका थिए।
यो प्रतियोगिताबाट क्रमशःपशुपति अंग्रेजी माविका ओसन कार्की `हिमाल´ शिर्षकको कविता प्रथम,ग्लोबल एजुकेसनकी मनिषा पुरी `पुतली´शिर्षकको कविता द्वितीय,प्यारागन एकाडेमीकी लिजा सिग्देल `नदि´ शिर्षकको कविता तृतीय भएका छन्।

त्यस्तै भृकुटी माविकी समीक्षा लम्जेलको `वातावरण´ शिर्षकको कविता र हिमाली एकेडेमीकी सवृद्धि न्यौपानेको `गाउँ´शिर्षकको कविता सान्त्वना स्थान ल्याएर  पुरस्कार प्राप्त गरेका छन्। कार्यक्रममा पुरस्कृत विद्यार्थीहरूलाई कार्यक्रमका  प्रमुख अतिथि ,विशेष अतिथिको हातबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियोे ।
फोटो
कार्यक्रममा फक्ताङलुङ विद्यालयका विद्यार्थीहरुले विभिन्न विज्ञानका आविष्कारहरुको प्रदर्शन, गायन र साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए।

सानासाना हात र दिमागले ठूलाठूला काम, कुरा र सपनासँग प्रस्तुत हुँदा कार्यक्रम नै कस्तो सुन्दर र लोभलाग्दो देखिएको,सबै भविष्यका कवि,आविष्कारक र चेतनाका उज्याला अनुहारसँग साक्षत्कार गर्न पाएको बताउछन् साहित्यकार विवश बलिभद्र कोईराला।
फोटो
कार्यक्रमको औचित्यमाथि प्रकाश जिज्ञासा दाहाल पारेकी थिइन् भने स्वागत मन्तव्य अक्षत शिवाकोटीको रहेको थियो ।कार्यक्रम सञ्चालन प्रकाश गौतमले गरेका थिए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।