साहिँली सोल्टिनीको बैँस

खगिन्द्रा खुसी · साउन ११, २०८१ ९:२६ PM
Cover Image for News

साहिँली सोल्टिनीको बैँस माथि गुराँस भएर फुलेको छ लेकमा
 साँहिली सोल्टिनीको मुहार साटिएको छ जूनसँग
 पैँचो दिएकीछिन् सोल्टिनीले जीवनका रङ्गहरु इन्द्रेणीलाई
 कोइलीले एकैछिन भनेर लगेको उनको मखमली स्वर
 अझै फिर्ता गरेकै छैन ।
 
 सोल्टिनीको बत्ति जस्तै बल्ने मुहार खोइ ?
 खोई त्यो फूल जस्तै जवानी ?
 सोध्छन् भेट पिच्छे सपनामा
 सँगै धान नाचेका तरेबाहरु।
 
 तपस्यामा लीन ऋषि 
 ध्यानबाट फर्केकी आनी
 या त पिपलको फेदमा सुस्ताइरहेको वृद्ध बुद्ध 
 
 अचेल उनी यस्तै यस्तै केही देखिन्छिन् ।
 हिँजो साँझ सुत्दा सँगै भएको 
 सोल्टिनीको बैँस, रुमानी मन र चन्चलता
 आज जिन्दगीको एक बिहान ब्युँझिदा हराएर एकैसाथ
 आफैँलाई नै उदेक उदेक लाग्नेगरी
 मयक - मयक बाँचिरहेकी छिन् ।
 
 उँधो बगिरहेको नदीकिनार छेउ बसेर सोल्टिनी
 एकजोर तामे ढुकुरको प्रेमिल धान नाच हेरिरहेकी छिन्
 उनलाई पनि हठात् उठेर पालाम गाउँ त
 कहाँ नलागेको हो र ? 
 तर कोइलीले एकैछिन् भनेर लगेको उनको मखमली स्वर
 अझै फिर्ता गरेकै छैन
 गुराँसले एकै छिन भनेर फुलेको उनको बैँस बसन्त अझै सकिएकै छैन ।
 उँधो बगिरहेको उमेरको नदीकिनार छेउ बसेर
 साहिँली सोल्टिनी आफ्नै छायाँ बगाइरहेकी छिन् ।
 
 गगन योक्पाङ्देन
 मिक्लाजुङ , मोरङ 

ट्यागहरू:
सहित्य कविता literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गाउँ जाने बाटो
गाउँ जाने बाटो
कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
✍️ टंक विकल्प पोष्ट-दिलिप घिमिरे - बिहिबार १० सेप्टेम्बर २०२६
सम्झौता र मौनता
सम्झौता र मौनता
Admin - बिहिबार १० सेप्टेम्बर २०२६
भरोसा त मलाई
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६