सुभद्रा भट्टराई अर्यालको ‘प्रेमका पाँच औँला’ लोकार्पण

खगिन्द्रा खुसी · साउन २४, २०८१ २:५६ PM
Cover Image for News

२४ श्रावण । आज झापाको काकरभिट्टामा सम्पन्न एक कार्यक्रममा कवि सुभद्रा भट्टराई अर्यालको कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । काकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सभाहलमा सम्पन्न कार्यक्रममा भट्टराईको तेस्रो कविता कृति ‘प्रेमका पाँच औँला’ लोकार्पण  भएको हो । 

Photo

झापाको काकरभिट्टामा बसोबास गरी नेपाली साहित्यको विशेषतः कविता विधामा कलम चलाउने सुभद्रा भट्टराई अर्याल यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य भइसकेकी छन् । तेराख प्रतिष्ठान धुलाबारीका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्राज स्रष्टा युवराज नयाँघरेको प्रमुख आतिथ्य रहेको थियो । प्रा.डा.गङ्गाप्रसाद अधिकारीद्वारा लोकार्पित कृति प्रेमका पाँच औँलाको समीक्षा गरिएको कार्यक्रममा स्रष्टा गणेश निरौला, टंक विकल्प, विवश वलिभद्र कोइराला, लतिका जोशी, रश्मी असफल, मायामितु, टीका भट्टराई नेपाल लगायत दर्जन बढी कविहरुले कविता वाचन गरेका थिए भने आख्यानकार पुण्यप्रासाद खरेल, सन्चारकर्मी चन्द्र भण्डारीद्वारा मन्तव्य राखिएको थियो ।  दुईसय बढी स्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रम संस्थाका सचिव जय भण्डारीद्वारा सन्चालन गरिएको थियो । 

ट्यागहरू:
सहित्य literature news sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४