रिटिङ रिटिङ नबजाऊ बिनायोका गायक जोशी अस्ताए

दिलिप घिमिरे · साउन १०, २०८१ १०:२३ PM
Cover Image for News


झापाको दमकस्थितआम्दा अस्पतालमा चर्चित लोक गायक एल पी जोशीको  ८८ बर्षको उमेरमा आज ८: ३० बजे  निधन भएको छ।
बिस १९९३ मा धनकुटामा जन्मिएका जोशीको आज उपचारको क्रममा आम्दा अस्पतालमा निधन भएको हो।
रिटिङ रिटिङ नबजाऊ बिनायो बिनायोले मन मेरो छिनायो
ओल्लो खोलो पल्लो खोलो कमिलाको गोलो जस्ता बहुचर्चित लोक गीत गाएर नेपाली संगीतमा छाएका गायक गायक जोशी ।

उमेरले बुढ्यौली लागिसकेको पनि गायनमा कहिल्यै त्यो महसुल गरेन उनले ।तीन दिन अघिसम्म स्टेज गीत नै गाइरहेका थिए।
 लोकसंस्कृतिलाई टपक्कै आफ्नो भाकामा टिप्न सिपालु गायक जोशीका ४०/४५ वटा लोकगीत सबैजसो नै चर्चित बने ।
परिणामतः उनले २०५९ सालमा रेडियो नेपालबाट सुप्रसिद्ध लोकगायकको उपाधी पाएका थिए ।
 
२००८ सालमा नृत्य क्षेत्रमा प्रवेश गरेका जोशीले १० सालमा चित्रकला, १३ सालमा गायन र १६ सालमा साहित्य क्षेत्रमा प्रवेश गरेर आफ्नो प्रतिभालाई थप तिखारे । यसैकारण उनका घरका केही कोठा सम्मान र पुरस्कारले नै भरिएका छन् ।
२०१९ सालमा राष्ट्रव्यापी लोकगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रबाट स्वर्ण पदक थापेका जोशीले दर्जनौं सम्मान पाएका छन ।
लोकगीत संगीतकै क्षेत्रमा योगदान पुर्‍याएवापत २०२२ र २०२९ सालमा उत्कृष्ठ लोक गायक सम्मान, २०६७ सालमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान, २०६२ सालमा वाणि प्रकाशन जस्ता ख्याति प्राप्त संघसंस्थाहरुबाट सम्मान मात्र होइन अभिनन्दीत हुने अवसर पनि पाएका थिए ।

साताअघि असार ३१ गते साहित्य चौतारी झापाले रजत वर्ष महाअभियानको अवसरमा लोक सम्राट जोशीलाई रथारोहणसहित नागरिक अभिनन्दन गरेको थियोे  ।

ट्यागहरू:
संगित
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।