अनेसास नेब्रास्का च्याप्टरको दोस्रो साधारणसभा सम्पन्न

खगिन्द्रा खुसी · मंसिर ८, २०८२ ७:४४ PM
Cover Image for News

५ मंसिर, झापा . अनेसास नेब्रास्का च्याप्टर दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले हरिओम प्रधानको अध्यक्षतामा दश सदस्यीय कार्य समितिको चयन गरेको छ । यो कार्य समितिको कार्यकाल २०२५–२०२७को रहने छ ।

photo
निर्वाचन प्रक्रियाबाट नयाँ समिति चयन गरिएको सो कार्यक्रममा कार्यसमितिका सम्पूर्ण सदस्यहरु, सल्लाहाकारहरुको उपस्थिति रहेको थियो भने एनआरएन नेब्रास्का च्याप्टरको पूर्व अध्यक्ष एवम् रिएल्टर श्री राज आचार्य, साहित्यकार एवम् बिजनेस लिडर श्री कर्ण गुरुङ लगायतले आफ्नो बिचार राख्नुभएको थियो भने स्रष्टाहरुले रचना वाचन समेत गर्नुभएको थियो । कार्यक्रममा बाल कलाकार टिएना निरौलाले नेपाली राष्ट्रीय गीत प्रस्तुत गरेकी उक्त कार्यक्रमको कार्यक्रमको सभातित्व एबम मोडरेसन अध्यक्ष कृष्ण कडेलले गर्नु भएको थियो ।
photo
बर्ष २०२५–२०२७ कार्यकालको लागि नबगठित अनेसास नेब्रास्का कार्यसमितिको अध्यक्ष– हरि ॐ प्रधान, बरिस्ठ उपाध्यक्ष – डा. सुबास बानिया, उपाध्यक्ष– राम कृष्ण वाग्ले, महासचिब– बिभुती पाण्डे, कोषाध्यक्ष– राम प्रसाद पराजुली, बोर्ड अफ डाइरेक्टर– धु्रवतारा गौतम, बोर्ड अफ डाइरेक्टर– अनुप निरौला, बोर्ड अफ डाइरेक्टर– प्रबिन शर्मा,  बोर्ड अफ डाइरेक्टर– बन्दना पान्डे, बोर्ड अफ डाइरेक्टर– मोनिका प्रधान शर्मा ।

ट्यागहरू:
सहित्य literature puraskar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू