अभागी थेगुवा विराटचाेकमा सम्मानित
साहित्यकार अभागी थेगुवालाई राइडर्स महफिल, मोरङको सुन्दरहरैँचा विराटचोकमा शनिबार सम्मान गरिएको छ।
सधैं सरल, साधारण, सौम्य र रचनात्मक रूपमा प्राय:साहित्यिक कार्यक्रमहरुमा सर्जकहरूसँग सहकार्य गर्दै गरेको भेटिने कवि थेगुवाको सप्तकोशीबाट (२०५४)संयुक्त गजल सङ्ग्रह, बुद्धले अस्त्र...(२०५८)कविता सङ्ग्रह,हर्के म अनि युद्ध(२०६८)गजल काव्य सङ्ग्रह प्रकाशन भइसकेका छन् भने सपनाहरूको बही(२०८१)कविता सङ्ग्रह कवि थेगुवाको व्यक्तिगत रचनाहरूको तेस्रो कृति हो । थेगुवालाई कार्यक्रमका प्रमुख अतिथि ,सभाध्यक्ष लगायतका मञ्चासीन विशेष अतिथिहरुले सम्मान गरेका थिए ।
कार्यक्रम प्रा.डा. देवि नेपालको प्रमुख आतिथ्यमा भएको थियो ।खेमराज दाहालको सभाध्यक्षता, यादव भट्टराईको व्यवस्थापन, भरत बर्बरिकको सञ्चालन, केपी घिमिरेको अतिथि संयोजन, जेबी थुलुङको स्वागत मन्तव्य र बालबगैँचा मन्टेस्वरीको प्राङ्गणमा भएकाे थियोे ।
डा. दीपक न्यौपाने, पुरन याख्खा, केशु विरही, रमेश निरौला, किशोर कोइराला, नवराज पोखरेल नवशिला, विवश बलिभद्र कोइराला, सुविद गुरागाईं, सुरेश सुवेदी, गीता घिमिरेलगायतका प्रबुद्ध व्यक्तित्वहरूका साथै सयौँ साहित्यकार तथा साहित्यप्रेमीहरूको समुपस्थितिमा एउटा पहरामा फुलेको फूलजस्ता निष्काम साधक अभागी थेगुवालाई नगदसहित सम्मानपत्रद्वारा सम्मानित गर्नु कार्यक्रमको अर्को प्रशंसनीय पक्ष हो ।
यति मात्र होइन, बालबगैँचा मन्टेस्वरीका साना साना फूलका कोपिलाजस्ता नानीबाबुहरूका तोतेबोलीमा नारायण गोपाल, तारादेवी, अरुणा लामा जस्ता आदर्श गायकहरूले गाएका कालजयी गीतहरूको प्रस्तुति त झनै अद्भुत लाग्यो । साथै निर्जला दाहाल, समीक्षा दाहाल, सोफिया बिष्ट, अनु पाण्डे जस्ता बालप्रतिभाहरूको साङ्गीतिक प्रस्तुतिले सिङ्गो हललाई चकित बनायो ।